ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल-भारत राजनीतिक, कुटनीतिक संवाद शून्य भएको समयमा सैन्य कुटनीतिको अर्थ के?

नेपाल-भारत कुटनीतिक तथा राजनीतिक संवाद ठप्प भएको समयमा भारतिय सुरक्षा संयन्त्रबाट नेपालमा दुई ठूला भ्रमण भएका छन् । हप्तामा नै  यसरी दुई ठूला ठूला भ्रमण भएपछि नेपाल भारत संवन्धमा सैन्य कुटनीति हावी भएको बहस र चर्चा सुरु भएका छन् ।

नेपाल-भारत सिमा विवादका कारण पानी बारावारको अवस्था सृर्जना भएको बेला भारतीय गुप्तचर निकाय ‘रअ’ प्रखुम सामन्त कुमार गोलय भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रुपमा नेपाली प्रधानमन्त्री केपी ओलीलाई भेटे । उनले भेटको हप्ता दिन नपुग्दै पुन सेना प्रमुख नरवानेले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट गर्दै छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा मानार्थ महारथीको दर्जा ग्रहण गर्ने औपचारीक भ्रमका रुपमा चित्रण गरिए पनि यसले नेपाली राजनीति देखि नेपाल भारत सम्वन्धका विषयमा समेत तरङ्ग पैदा भएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापनी,लिपुलेक र लिम्पियाधुरा सहितको बास्तविक नक्सा जारी गरेसंगै नेपाल भारत विच संवन्धमा तिक्तदा मात्र हैन करिव करिव संवाद हिनताको अवस्था श्रीर्जना भएको छ । सोहि प्रतिकुल परिस्थितिमा भारतका सेना प्रमुखको नेपाल भम्रमलाई विशेष महत्वका साथ हेरिएको छ । ‘रअ’ प्रमुख र सेना प्रमुखको लगातारको भ्रमणले नेपाल – भारत संवाद हिनता चिर्ने विश्वास गरिएको छ ।

१९५० मा भारतका तत्कालिन सेनाध्यक्ष जनरल करियप्पाले पहिलोपटक नेपाली सेनाको मानार्थ महारथी दर्जा लिएको इतिहास छ । दुई देशका प्रमुख विच करिव ७० बर्षअघिवाट मानर्थ ग्रहण गर्ने प्रचलन छ । तर ७० बर्षे इतिहासमा नेपाल भारत सम्वन्ध सवैभन्दा अप्ठ्यारो परिस्थितिमा रहेको वेला नरवानेले मानार्थ पद ग्रहण गर्न लागेका हुन् । भारत भूमि फर्ताका विषयमा टसमस नभएको समयमा नेपाल आवस्यक प्रमाण सहित वार्ताको पर्खाइमा छ ।

संवाद हिनताको अवस्था र केही समय पहिलामात्र रक्षा आफ्नो मातहतमा राखेका प्रधानमन्त्रीले यो अवस्थालाई सेना प्रमुखका रुपमा दुई प्रधानमन्त्रीको सन्देश बहाकको रुपमा लिने निस्चित छ । त्यो भन्दा पहिला पनि रअ प्रमुखकोलाई भारतिय प्रधानमन्त्रीले औपचारिक रुपमा नै विशेष दुतका रुपमा पठाएका कारण पनि अरवानेको भ्रमणलाई नेपाल भारत संवन्धको नयाँ कडिको रुपमा हेरिएको छ ।यसअघि पनि भारतको अघोषित नाकाबन्दीका बेला शैन्य कुटनीतिको प्रयोग भएको थियो ।

सुरक्षा क्षेत्रका जानकार गेजाशर्मा वाग्ले नेपाल भारत संवादको सुरुवात भएको बताउछन् । भारतले अतिक्रमण गरेको भूमि फिता दिने विषय सेनाको नरहेको भएपनि संवादको सुरवात भएको र अव राजनीतिक तथा कुटनीतिक तवरबाट जमिन फिर्ता गर्न वातर्ताको वातावरण सृर्जना हुने शर्माको बुझाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *