ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री भन्छन् मेरो विकल्प छैन गाली गर्ने एडिक्ट हुन तर विज्ञ भन्छन प्रधानमन्त्री पूर्ण असफल भइसके

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, परारष्ट्र नीति कम्जोर बनाएको, सिमा समस्या सुल्झाउन नसकेको आरोप लागि रहेका समयमा प्रधानमन्त्री केपी ओलीले पुन एक पटक आफु विना मुलुक दुर्घटनामा पर्ने अभिव्यक्ती दिएका छन् । जाल झेल गरेर आफुमा नेतृत्वमा आएको नभई जनताको वहुमतवाट निर्वाचित भएर आएको ओलीको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार कुनै पनि हालतमा सरकार नढल्ने वताएका छन् । जनताको प्रचण्ड वहुमतवाट निर्वाचित भएकाले अरु जस्तो झालझेल गरेर प्रधानमन्त्री नभएको वताएका हुन । सरकार कुनै पनि हालतमा नढल्ने भएकाले ढुकले काम गर्न उनले सबैलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री वुधवार चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उदघाटन गर्दै पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको तर्फ संकेत गर्दै ओलीले आक्रोस व्यक्त गरेका हुन् । प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीको निर्देशन विपरित निर्णय एकलौटी ढङ्गवाट निर्णय गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनीसँग असन्तुष्ट छन् ।

प्रचण्डसंगै माधव गुट पनि केपी शर्मा ओलीसँग असन्तुष्ट छ । दुई तिहाई वहुमतको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै सर्वत्र विरोध भइरहेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले राम्रो काम गरेको नदेख्ने सबैलाई एडिक्टको संज्ञा दिएका हुन् ।

प्रधानमन्त्री सरकारले विगत अढाई वर्षको दौरानमा जति पनि काम गरेको छ ति सबै काममा विवादित देखिन्छ । पछिल्लो चरण मुलुकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र जनताको जीवन रक्षा मुख्य प्राथामिकता हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अर्का अध्यक्ष राजनीतिक दाउपेचमा रमाएका छन् ।

सरकारले जनताको उपचारका लागी ल्याएको औषधी खरिदमा घोटालाका काण्डहरु अगाडी आएका छन भने जनताको निशुल्क उपचार गर्न नसक्ने भन्दै सरकारी अस्पतालमा नै मनोमानी ढङ्गवाट शुल्न थालेको छ । जसले नीजि अस्पतालहरुले समेत जथाभावीरुपमा शुल्क लिइरहेका छन् जसले जनताको स्वास्थ्य सम्वन्धि मौलिक हकको हनन भएको छ । त्यस्तै कोरोना भाइरसको सतर्कताका लागी भन्दै लागु गरेको लकडाउन र निषेधाज्ञाका कारण थला परेको अर्थतन्त्र उकास्न सरकारले कुनै पनि भुमिका खेलेको देखिदैन् ।

जनता रोक र भोकले टुडिखेलमा खाना खाइरहदा सरकार त्यसलाई हटाउनका लागी उद्दत देखिन्छ । त्यस्तै विदेशमा रहेका नेपाली स्वदेश फर्काउनका लागी समेत सरकारले जथाभावीरुपमा शुल्क लिएको देखिन्छ । सरकारको पछिल्लो काम कारवाही हेर्दा सरकार पुर्णरुपमा असफल रहेको विष्लेषण हुन थालेको छ ।

राजनीतिक विष्लेषक कृष्ण खनाल यो सरकारको अव औचित्य सकिएको वताउँछन् सरकारले सुरु गरेका अधिकांश विकासका रणनीतिहरु असफल भएको देखिन्छन् । सामाजिक सुरक्षा कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम , रेल मार्ग निर्माण , भ्रष्ट्रचार नियन्त्रण लगायतका काममा सरकारले असफल देखिन्छ । उनको भनाई छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *