March 3, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

मंगलवारबाट पोखरामा पाराग्लाइडिङ सञ्चालनमा आयो

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

कोरोना भाइरसका कारण पोखरामा लामो समय देखी अवरुद्ध रहेको पाराग्लाइडिङ कार्तिक १८ गतेवाट सञ्चालनमा आएको छ । भदौ १५ गतेवाट सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र असोज ५ गतेवाट आन्तरिक उडान सञ्चालनमा ल्याएसंगै असोज १५ गतेवाट प्यारा ल्याइडिङ सञ्चालनका लागी अनुमति दिएको थियो ।

पोखराको फेवा ताल तथा माछापुच्छ्रे हिमालको मनोरम दृष्यको अवलोकन गर्न तथा सासाहिक खेलका रुपमा पराग्लाइडिङलाई लिने गरिन्छ । पोखरामा ६० वटा पराग्लाइडिङ सम्वन्धि कम्पनी रहेकोमा ५० वटा कम्पनीले सेवा प्रदान गर्ने भएका छन् । हाल आन्तरिक पर्यटनका लागी खुल्ला भएको पराग्लाइडिङको मुल्य ५० प्रतिशत भन्दा वढीले घटाउदै ३ हजार प्रतिव्यक्ती कायम गरिएको छ । उक्त मुल्यमा नै उडानका क्रममा भिडियो तथा फोटो प्राप्त हुने व्यवसायीहरुले जनकारी दिएका छन् ।

हाल ३ सय जना पाइलटले पराग्लाइडिङ उठाइरहेका छन भने दैनिक ३ सय देखी ४ सय ५० को हाराहारीमा पर्यटकहरु आउने गरेको प्याराग्याइडिङ व्यवसायी शैलन रावतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *