पूर्व सभामुख महरा पत्निको कोरोनाका कारण निधन

कोरोना संक्रमणका कारण पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ ।
कोरोना संक्रमण देखिएर नर्भिक अस्पतालमा उपचाररत अवस्थामा उहाँको आज बिहान ६:२५ बजे निधन भएको संघीय संसद सचिवालयका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिनुभएको छ ।
मल्लका अनुसार दशैंमा पुर्ख्यौली घर रोल्पाको मेबाङ गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।
निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौंको नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। उपचारका क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
कार्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचारत अवस्थामा आज बिहान उहाँको निधन भएको हो । सीता महरा विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित रहेको मल्लले बताउनु भएको छ ।