फागुनमा पनि महाधिवेशन नगर्ने सस्थापन पक्षको संकेत

नेपाली काँग्रेस भित्र यतिवेला चुनावी सहगर्मि बढ्नु पर्ने वेला तर पार्टि आन्तरिक किचलोमा गुज्रिएका कारण शुनसान जस्तै बनेको छ । विधानत पार्टि चल्ने भए १४ औं महाधिवेशन सकेर नयाँ कार्यसमितिले काम गरेको करि १ बर्ष विति सक्नु पर्ने हो तर अहिले सम्म थप भएको एक बर्षभित्रमा समेत महाधिवेशन हुन हो हैन अन्योलता कायम छ ।
निर्वाचको सम्पुर्ण जिम्मा सभापतिको भएको भन्दै पौडेल पक्ष र सिटौला पक्ष सभापति शेरबहादुर देउवालाई घेरिहेका छन् भने सभापति कोरोना महामारीलाई दोष दिदै पन्छदै आएका छन् । निस्पक्ष निर्वाचनको माग सहित पौडेल पक्षले सभापति विरुध हस्ताक्षर बुझाएको लामो समय पछि बल्ल तल्ल पार्टिमा छलफल सुरु भएको छ ।
१४ औ महादिवेशन नजिकै गर्दा काँग्रेसको आन्तरिक जिन अझ कष्टकर बन्दै गएको छ । तयारी थाल्ने समयमा बल्ल छलफल सूरु गरेको काँग्रेसमा असन्तुष्टिका चाम छन् । यस्तो अवस्थामा सस्थापन पक्षलाई सवैलाई मिलाएर महाधिवेशन गर्न फलामको चिउरा चपाए जतिकै कठिन छ । पार्टि भित्र महादिवेशनको आवाज बाक्लिदै गर्दा सस्थापन पक्ष महाधिवेशनबाट तर्कदै आएको छ ।
सस्थापन पक्षका प्रभावसाली नेता मानिएक डा प्रकाशसरण महतले निर्धारीत मितिमा महाधिवेशन नहुने संकेत गरेका छन् । कोरोनाका कारण करिव ५ महिना तेतिकै वितेको र कोरोनाको टजिलता अझै धेरै रहेका कारण महाधिवेशन फागुनमानै गर्न नसकिने हो कि भन्ने चिन्ता बढर्को उनको भनाई छ ।
तर पौडेल र सिटौला पक्षले भने केही दिन तलमाथी गराएरै भएपनि महाधिवेशन गर्न दवाव बढाएका छन् । पौडेल पक्षका मानिएका नेता चन्द्र भण्डारीले महाधिवेशनको जिम्मा आफुलाई दिए निर्धारीत मितिमानै महाधिवेशन गर्ने चूनौति दिदै आएका छन् । आफु कुनै पनि पदको दावेदार पनि नवनी जिम्मेवारी पुरा गर्ने यनको भनाई छ । सोही समुहमा अर्का नेता गुरुराज घिमिरेले महाधिवेशन नगराउदाको परिणाम भोग्न सभापाती तयार भएर बस्नु पर्ने बताएका छन् ।
त्यस्तै सिटौला पक्षले मिति सारेरै भएपनि महाधिवेसनको सुनिस्चितता हुनु पर्ने जनाएको छ । युवा नेता समेत रहेका प्रदिप पौडेलले महाधिवेसन नगराउन बहानामा लागेका कारण निर्धारीत समयमा काम नभएको आरोप लगाएका छन् । वास्तविकरुपमा महाधिवेन गराउने चाहना भए केही दिनको तलमाथीले धेरे प्रभाव नपार्ने उनको भनाई छ ।
महाधिवेसनको विवाद कायम भएपनि पार्टि भित्र छलफल भने सुरु भएको छ । पौडेल पषकले राखेको असहमतिका विषयमा सोमबार पार्टिक कार्यलय सानेपामा आयोजना भएको छलफल विना निष्कर्ष टुङ्गिएको थियो । सोमबार निष्कर्ष निकाल्न नसकेको काँग्रेसले मंगलबार पुन छलफलका लागि तय गरिएपनि काँग्रेस नेता सूर्यवहादुर केसीको निधनका कारण छलफल हुन सकेन । देउवा पक्षले छलफल सकारात्मक भएको र सहमतिको नजिक पुगेको प्रतिकृया दिएको छ ।
तर पौडेल पक्षले भने सभापतिले छलफलमा समेत वे वास्ता गरेको आरोप लगाएको छ । सोमबारको बैठमा उपसभापति विमलेन्द्र निधि र पूर्णबहादुर खड्काले छलफलमा सहभागी हुदैं पार्टि विधान अनुसरा चलेको जिकिर गरेको र आफ्ना माग प्रति सकारात्मक नदेखिएको पौडेल पक्षको आरोप छ ।