ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अर्थमन्त्री र भारतिय राजदुतबिच भेटवार्ता

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि दिएका छन् ।

अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।

अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिएका छन् । साथै, कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको बताए ।

राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिनु हुँदै सफल कार्यकालको शुभकामना दिएका छन । उनले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *