ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितमा हुने सिटी भ्यालु केहो ?

कोरोना संक्रमित व्यक्तिवाट अर्को व्यक्तिमा भाइरस सर्ने सम्भावना कति छ भनेर सिटी भ्यालु हेर्ने गरिन्छ । त्यस्तै यसबाट व्यक्तिमा भएको संक्रमण कुन चरणमा छ भन्ने बुझ्न समेत सजिलो हुने गर्छ । सीटी भ्यालु अर्थात् साइकल थ्रेसहोल्ड भ्यालु हाम्रो शरीरमा जति धेरै क्रियाशील हुन्छ भाइरसको मात्रा तेतीनै कम हुन्छ अर्थात भाइरसको परिणाम अनुसार सीटी भ्यालुको निर्धारण हुन्छ ।

पछिल्लो समय पिसिआर रिपोर्टसँगै प्रयोगशालाहरूले सिटि भ्यालु पनि परिक्षण गर्ने गरिन्छ ।यसले शरिरमा कोरोना भाइरसको संख्या र यसले निम्त्ताउन सक्ने जटिलता बारेमा धेरै हदसम्म सुचना दिन सक्ने सरुवा रोग विज्ञ डा. शेरबहादुर पुन बताउछन् ।

डा.पुनका अनुसार यदि कसैको सिटि भ्यालु कम छ भने  त्यो ब्यक्तीमा धेरै भाइरसको लोड र पीसीआर गर्दा अनुवंशको वृद्धिदर उच्च विन्दुमा पीसीआर साइकलमा पुग्दछ  । पीसीआर प्रविधिमा सीटी भ्यालुले भाइरसको मात्रा मापन गर्न सहयोग गर्दछ । जति बढी अंकको सीटी भ्यालु हुन्छ, त्यति नै थोरै मात्रामा भाइरस देखिन्छ र त्यो चरणमा रहेको संक्रमित ब्यक्तिले अन्यमा सार्न सक्ने संभावना न्युन हुने हुन्छ

सीटी भ्यालु २४ भन्दा माथि हुनेले भाइरस सार्ने संभावना कम हुन्छ । त्यो अनुपात सिटिभ्यालु बढे अनुपातमा संकरमण सर्ने संभावना कम हुदैँ जान्छ । भने सिटि भ्यालु २४ भन्दा कम हुने व्यक्तिबाट संक्रमण सर्ने डर बढि हुन्छ । संक्रमण शुरू हुँदा ठूलो अंकमा देखिने तथा संक्रमण बढ्दै जाँदा कम हुदै जाने सिटि भ्यालु रोग निको हुने बेलामा पुन माथिल्लो अंकमा पुग्ने डा पुनको भनाई छ ।

संक्रमण भएको १० दिनपछि सीटी भ्यालु ३२ भन्दा माथि देखिएको अवस्थामा उक्त व्यक्तिले अरूलाइ संक्रमण सार्न नसक्ने उनको भनाई छ । यदि संक्रमित ब्यक्तिको रोग प्रतिरोधि क्षमता उच्च भएको अवस्थामा सीटी भ्यालु जुन अंकमा देखिएपनि भाइरसले फोक्सोमा क्षति पुर्याउन नसक्ने डा. पुनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *