के अमेरिका र चीन शीतयुद्धमा प्रवेश गर्लान

बिश्वको सबैभन्दा ठुलो उत्पादक चीन सबैभन्दा ठुलो निर्यातकर्ता पनि हो । त्यस्तै अमेरिकाले विश्वभरीका मुलुकहरुमा छरेको लगानीका कारण उसले वित्तिय पुँजीमा एकाधिकार जमाएको छ । त्यस्तै मध्यपुर्वी एसियामा तथा दक्षण अमेरिका महादेशको मुलुकमा उसले कच्चा तेलमा कुनै न कुनै माध्यमवाट आफ्नो वर्चस्व कायम गरेको छ । चीनले उत्पादन , व्यापार , सुचना प्रविधि , अन्तरिक्ष लगायतका क्षेत्रमा छोटो समयमा मारेको फड्कोले अमेरिकको विश्वको पहिलो अर्थतन्त्र र शक्तिशाली मुलुकको ताजलाई चुनौति दिइरहेको छ ।
चीनले आफुले कुल गार्हस्थ्य उत्पादनमा दोस्रो नम्वरमा राखेपनि उत्पादक, निर्यातक, बैदेशिक लगानी र व्यापारका हिसावले विश्वकै ठुलो अर्थतन्त्रको रुपमा दावी गर्छ । यता अमेरिका भने चीनको आक्रमक व्यापारलाई हरसम्भव तरिकाले रोक्न खोजिरहेको छ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चीनवाट आयात हुने कति वस्तुमा प्रतिवन्ध लगाईदिएका छन् भने कतिपय वस्तुमा कर वृद्धि गरिदिएका छन् । अमेरिकाले चीनियाँ सुचना प्रविधसम्वन्धि कम्पनी हुवावेले सुचना चोरी गरेको आरोपमा अमेरिकामा प्रतिवन्ध लगाउनुका साथै गुगुलले एप्स स्ट्रोर तथा जिमेल लगायतका प्राविधि अनुवन्ध तोडेको र एन्ड्रोइडले आफ्नो एररेटिङ स्टिम नदिने निर्णय गरेको थियो । यसले गर्दा उसका स्मार्टफोनहरु विश्वव्यापीरुपमा विक्री घटेको थियो ।
यसका साथै अमेरिका तथा चीनले एक अर्कालाई कोरोना भाइरस फैल्याएको आरोप लगाएका छन भने भारतले दुई पटक गरी टिकटक लगायत १ सय भन्दा वढी चीनियाँ प्रविधिमा प्रतिवन्ध लगाएको थियो । त्यस्तै अमेरिकाले पनि टिकटकमा प्रतिवन्ध लगाएको थियो । भारतले चीन र भारतको विचमा लक्धाकमा भएको सिमा विवादका कारण चीनियाँ एप्सहरुमा प्रतिवन्ध लगाएको हो तर अमेरिकाले भने विशुद्धरुपमा चीनसँग व्यापारिक युद्ध गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दावी गर्दै आएका छ्न् ।
के अमेरिक र चीन विच शीतयुद्ध होला त ?
ब्यापार , प्रविधि, कुप्रचार र साइवरयुद्धको खतराले गर्दा दुई शक्तिशाली मुलुक विच तनाव वढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम वीवीसीले जनाएको छ । यसअघी अमेरिका र शोभियत संघविचको शितयुद्ध कम्युनिष्ट र पुँजीवाद विचारधारा विच भएको थियो । परमाणु युद्धको समेत खतरा रहेको उक्त समयमा विश्व दुई भागमा विभिक्त भएको थियो र त्यसको असर विश्वभरका मुलुकहरुमा परेको थियो । तर चीन र अमेरिका विचको युद्ध त्यो अवस्थमा नपुगेको बीबीसीले जनाएको छ । तर दुई देश विचको राजनीतिक र बैचारिक मतभिन्नतालाई वेवास्ता गर्न नसक्ने अमेरिकी विदेश मन्त्री माइक पेम्पाओले वताउदृ आएउका छन् । यि दुई मुलुकले एकअर्का विरुद्ध कोरोना भाइरस फैलाएको कुप्रचार गरे । यि मुलुकहरु अन्तरिक्ष प्रतिसपर्धाको सट्टा कोरोना भाइरसको भ्याक्सिन निर्माणमा दौडमा छन् ।
चीन अमेरिका विच शीतयुद्ध भएमा प्रमाणु हतियारको युद्ध भन्दा पनि व्यापार साईवर युद्धको वढी डर हुने देखिन्छ । शीतयुद्धमा जासुसहरु प्रमुख अस्त्र थियो भने अहिले साइवर ह्याकरहरुले जासुसी गरिरहेका छन् । अमेरिका चीन दुबैले एक अर्कालाई सरकारी , शैन्य वा ब्यापारिक सञ्जालमा अनाधिकृत प्रवेश वा ह्याक गरेको आरोप लगाएका छन । चीनियाँ प्रविधि जासजुसीमा प्रयोग हुनेमा अमेरिका शसंकित छ । सोभियत संघ रुसको भन्दा चीनको व्यापार तथा प्रविधि पश्चिममा प्रणालीमा जोडिएको छ । त्यसैले यसलाई छुट्याउदै दुबै अर्थतन्त्रलाई ठुलो असर गर्न सक्छ ।
यता चीनको शैन्य शक्ति अमेरिकाको भन्दा कम्जोर देखिएपनि यो बढ्नेक्रममा छ । चीनको जलसेनाको आकार अमेरिकाको भन्दा ठुलो बनिसकेको छ । यो संघर्षमा समुद्र दुई देशको आधार इलाका वन्न सक्छन् । अमेरिकाले ताईवानसँग मित्रता वढाइरहेको छ तर चीन भने यो कुराबाट अमेरिकासँग चिडिएको छ । ताइवानलाई चीनले छूट्टै मुलुक नभई चीनकै एक प्रदेशको रुपमा लिने गरेको छ र ताईवान कुनै समयमा चीनमा समाहित हुने उसले ठानेको छ । यता साउद चाइना सीलाई चीनले ऐतिहासिकरुपमा आफ्नो रहेको ठान्छ तर यसलाई अन्य राष्ट्र भने अस्विकार गर्छन् । वैश्विक व्यापारमार्गको रणनीतिक स्थान भएकाले यो समुन्द्री क्षेत्र महत्वपुर्ण मानिन्छ ।
यदि नयाँ शीतयुद्ध अगाडी वढ्यो भने विश्व आपुर्ती श्रृखलालाई असर गरेर उपभोग्य वस्तुको मुल्य वढ्न सक्छ । अनी विश्वका विभिन्न राष्ट्रहरुलाई एउटा मुलुकको पक्ष लिन वाध्यात्मक अवस्था आउन सक्छ । यि दुई मुलुकले आपसी द्धन्द कसरी अनत्य गर्छन भन्ने टुङ्गो छैन् ।