अर्जेन्टिनाका पूर्व फुटवल खेलाडी म्यारेडोनालाई कोभिड पुष्टि

६० बर्षिय अर्जेन्टिनाका चर्चित पूर्व फुटवल खेलाडी म्यारेडोनालाई कोरोना पुष्टी भएको अन्तर्राष्ट्रिय संञ्चार माध्यम सीएनएनले जनाएको छ । टाउँको दुखाई तथा स्वासप्रश्वासमा समस्या देखिएपछी म्यारेडोना परिक्षणका लागी राजधानी व्युनर्स आयर्सको एक अस्पतालमा पुगेका थिए । परिक्षणको क्रममा कोरोना पुष्टि भएपछी हाल उनी अस्पताल भर्ना भएका छन् ।