ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भोकभोकै जनता मर्दा पनि न सरकार नत प्रतिपक्षलाई नै चिन्ता

सत्तारुढ दल नेकपा पार्टि फुटको संघारमा पुगिरहदाँ प्रमुख प्रतिपक्षी दलपनि गुटगत स्वार्थका कारण थिलो थिलो बनेको छ । सत्तारुढ नेकपाको विवाद उत्कर्षमा छ । दुई ठूला राजनीतिक दल एक ठाउँमा आएर सक्ताको बागडोर समाले पनि पूर्ण एकिकरण नहुदैँ पार्टि फुटाउन एक अध्यक्षले अर्का अध्यक्षलाई चूनौती दिएको सचिवालय सदस्यले बताउदैँ आएका छन् । त्यतिमात्र हैन सचिवालय सदस्यहरुमा नै मनमुटाव सुरु भएको छ ।

ओलीका विश्वासपात्र मानिने उपप्रधानमन्त्री समेत रहेका इस्वर पोखरेलले प्रचण्डकै कारण पार्टिमा समस्या आएका कारण त्तकाल सुध्रन सुझाव दिएका छन् । उनले बालुबाटारमा एक खाले सहमती गर्ने  । भैसेपाटी र खुमलटारमा अर्को प्रविर्ति देखाउने प्रचण्डको दोहोरो रवैयाका कारण पार्टि चरम संकटमा पुगेको दावी गर्छन् । पार्टि एकतामा समयमा भएका सहमतीहरु अक्षरस पालना गर्ने हो भने कुनै समस्या नरहने उनको भनाई छ ।

उता प्रचण्डका विश्वासपात्र तथा नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले पार्टि फुटाएर जान भनेको प्रष्ट पारेका छन् । ओली प्रचण्ड भेटमा पार्टिका कुनै पनि बैठक नमान्ने भन्दै सल्लाह नै गरेर अलग बस्न प्रस्ताव गरेको बताएका छन् । यस प्रकारको प्रणालीले एकिकरण पुरा नहुदैँ पार्टि फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री ओलीको कार्य शैलीलाई लिएर असन्तुष्ट भएका प्रचण्डले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई साथमा लिएर ओली विरुध अविस्वासको प्रस्तावको तयारी सुरु गरेपछि ओली प्रचण्डसंग क्रध भएका हुन

सरकारको नेतृत्व गर्ने पार्टी आन्तरिक किचलोमा रुमलिएर जनताका समस्याबाट भाग्दै गर्दा उस्लाई सहि ट्रायाकमा ल्याउने र खवरदारी गर्ने प्रमुख प्रतिपक्षी दलको हालत पनि उत्तिकै खराव छ । जनता भोक भोकै मर्ने अवस्था आउदाँ पनि काँग्रेस एक अर्काको खुट्टा तानातानमा व्यस्त छ । महादिवेशनको संघारमा पुगेको काँग्रेसमा सभापति शेरबहादुर देउवा अटस पटस नगर्ने अवस्थामा छन् भने अन्य गुट उनलाई गलाएरै छोड्ने योजनामा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सहित पौडेल पक्षका २७ जनाको हस्ताक्षर सहितको १६ बुधेमाग प्रति सोमबार बल्ल तल्त छलफल त सुरु भयो तर सहमति अउत्तिकै टाढा देखिएको छ । जस्ले गर्दा महादिवेशसनको मिति टर्दै छ भने आन्तरिक किचलोका कारण प्रतिपक्षी विहिन बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *