ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

किशोर प्रधान समूहले उम्मेदवारी दर्ता गराउदै

आगामी मंसिर ११ देखी १३ गतेसम्म हुन लागेको नेपाल उद्योग वाणिज्य महासघको चुनावको लागि किशोर प्रधान वरिष्ठ उपाध्यक्ष , उपाध्यक्षमा दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, सौरभ ज्योती पदको लागि उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

सोमवार विहान ११ वजे होटल विभन्ता झम्सिखेल, ललितपुरमा पत्रकार सम्मेलन गरी उमेद्धावारीको घोषणा गर्न लागेका हुन् । यसअघी नै चन्द्र ढकालले आफ्नो प्यानल सहित उमेद्धावारी घोषणा गरिसकेका छन् । ढकाल प्यानलमा बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल तथा ढकाल समूहमा एशोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाई, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी तथा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान भएकाले शेखर गोल्छा स्वत अध्यक्ष वन्ने छन् । आगामी अध्यक्ष गोल्छाले भने वरिष्ठ उपाध्यक्ष पदमा प्रधानलाई सहयोग गर्ने संकेत दिइसकेका छन् । ढकालले भने यसअघि आफूले गोल्छालाई वरिष्ठ उपाध्यक्ष पदमा चुनाव जित्न सघाएको बताउँदै त्यसलाई नबिर्सन आग्रह गरेका छन्।

कोभिड १९ लाई कारण देखाउदै गत चैत्रमा हुनुपर्ने महासंघको चुनाव यसअघी दुई पटक सरी सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *