ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

पुँजीगत बजेट खर्चमा पुन: सरकारको फितलो प्रदर्शन

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले पुँजीगत खर्च ७ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । चालु खर्च १५ प्रतिशत हुँदा राजस्व संकलन २० प्रतिशतको हाराहारीमा भएको छ । राजस्व भन्दा खर्च वढी हुँदा सरकारलाई स्रोत व्यवस्थापनमा दवाव वढ्दै गएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागी १४ खर्व ७४ अर्व ६४ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ । जसमध्ये चालु खर्चका लागी ९ खर्व ४८ अर्व , पुँजीगत खर्चका लागी ३ खर्व ५२ अर्व र वित्तिय ब्यवस्थाका लागी १ खर्व ७२ रुपैयाँ वजेट विनियोजन गरेको थियो ।

त्यस्तै स्रोत व्यवस्थापनका लागी सरकारले १० खर्व ११ अर्व कर तथा गैह्रकरवाट उठाउने , ६० अर्व ५२ करोड रुपैयाँ अनुदान , २ सय ९९ अर्व बैदेशिक ऋण र वाँकी २ सय २५ अर्व आन्तरिक ऋणवाट उठाउने लक्ष्य राखेको छ ।

पहिलो तिन महिनामा चालु खर्च १ खर्व ९७ अर्थात २० दशमलव ४३ प्रतिशत, अर्व पुँजीगत खर्च २५ अर्व ३२ करोड अर्थात ७ दशमलव १ आठ प्रतिशत र वित्तिय खर्च ३ अर्व ४१ करोड रुपैया मात्रै खर्च गरी कुल १५ दशमलव ३४ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता तथा सहलेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले जनाकारी दिएका छन् । उनले सरकारले राजस्व उठाउदै खर्च गरिरहेको र अपुग रकम सरकारले आन्तरिक ऋणवाट उठाइरहेको वताएका छन् । पछिल्लो समयमा सरकारले ३५ अर्वको हाराहारीमा आन्तरिक ऋण उठाइसकेको पौडेलको भनाई छ ।

त्यस्तै राजस्व संकलन अवस्था हेर्ने हो भने करवाट ९ सय १२ अर्व रुपैयाँ संकलन गर्ने लक्ष्य सरकारले राखेकोमा १ सय ८१ अर्व अर्थात १९ दशमलव ८ प्रतिशत संकलन भएको छ । त्यस्तै गैह्रकरको ९८ अर्व ८० करोड संकलनको लक्ष्य राखेकोमा ९ अर्व १७ करोड रुपैयाँ संकलन गरेको छ । ५ अर्व रुपैया अनुदान संकलन भएको छ भने २३ अर्व ५० करोड रुपैया अन्य प्राप्तिको रुपमा महालेखाले उल्लेख गरेको छ ।

सरकारले २ खर्व १९ अर्व राजस्व संकलन गरेको छ भने २ खर्व २६ अर्व रुपैयाँ खर्च गरिसकेको छ अर्थात सरकारको राजस्वको तुलनामा खर्चमा ७ अर्बले बजेटघाटा वढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *