ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा जुट र फूटको खेलमा कर्णाली सरकार कति चेपुवामा ?

दुर्ई ठूला दल नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्र मिलेर बनेको नयाँ पार्टि नेकपा स्थापना देखिनै दह्रो गरी खुट्टा टेक्न सकेको छैन् । फरक फरक पृष्ठभूमिका दुई दल मिलेर निर्वाचनमा सवैभन्दा ठूलो पार्टि बनेपनि जनताका नजरमा भने सधै असफल प्राय देखिएको छ । त्यो पनि उसकै कार्यशैलीका कारण ।

जेट विमानका दुई चालकबिच एकता, सहकार्य र सहअस्तित्व हुनु पर्नेमा पानी बाराबारको अवस्था श्रीर्जना हुदैं पटक पटक दुर्घटनाको संभावनाबाट बच्दै आएको छ । दुई अध्यक्षले आफ्नो अभिष्ट पुरा गर्ने बहानामा कहिले स्थानिय तहमाथीको हस्तक्षेपलाई साहारा दिन्छन् त कहिले प्रदेशमा बाछिटा पुर्याउने गर्दछन् । त्यही खिचातानीको चपेटामा परेको छ कर्णाली प्रदेश सरकार ।

केन्द्रमा स्पष्ट तीन भागमा विभक्त भएको नेकपाले केन्द्रकै डिजाइनमा कहिले प्रमुख सचेतकलाई अविस्वासको प्रस्ताव राख्ने त कहिले मन्त्रीपरिषद हेरफेरसम्मका घटनाले राजनीति कार्यकर्ता मात्र हैन आम सर्वसाधरणमा नेकपा प्रतिको आस्था र विश्वास कम्जोर बन्दै गएको छ ।

यहि विवादका विच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो मन्त्रिपरिषदमा हेरफेर तयारी गरेका थिए । मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुसार आफूविरुद्ध अविश्वासको प्रस्ताव ‘फेल’ गराउन सहयोग गरेका माधवकुमार नेपाल समूहका सातजनामध्ये तीनजनालाई आफ्नो मन्त्रिपरिषद्मा स्थान दिने करिव करिव पक्का जस्तै बनेको थियो ।  

मुख्यमन्त्री शाही आफूविरुद्ध अविश्वासको प्रस्ताव ‘फेल’ बनाउन गत कार्तीक २७ गते नेपाल समूहका मुगु २ का चन्द्रबहादुर शाही, जाजरकोट २ का करविर शाही र दैलेख २ का विजयी अमरबहादुर थापालाई मन्त्री बनाउन सहमत भएका थिए।

यसरी पार्टि नै फुटको संघारमा पुगेका वेला प्रधानन्त्री ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएका थिए । तेस्तै आइतबारको पटक पटकको छलफलपछि शाहीलाई अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद हेरफेर त्तकाल नगर्न भनेसंगै विवादले कस्तो रुप लिने हो हेर्न बाकीँ नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *