ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कुन दिशामा विद्यार्थी राजनीति ?

विश्वविद्यालयलाइ विद्याको मन्दिर र गुरुहरुलाई देउता समानको दर्जा दिने गरिन्छ । तर कहिलेकाँहि यस्ता लज्जास्पद घटना हुनेगर्छन जस्ले हाम्रो मान्यतालाई गिज्याइरहे जस्तो लाग्छ । तर यस्ता मन्दिरहरुमा राजनीति भागवण्डाका कारण अस्त व्यस्तमात्र हैन श्रदानै ढल्ने हुन कि भन्ने चिन्ता छ ।

त्यसमाथी नेपालकै पूरानो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयमा पटक पटक यसप्रकारका लज्जा बोधका घटना घट्ने गरेका छन् । विशुद्ध प्राज्ञिक संस्थामा पदाधिकारी नियुक्ति, शैक्षिक र प्रशासनिक अनियमितता,नक्कली थेसीस प्रकरण लगायत विषयले त्रिविको साख दिनहु कमजोर बन्दै गएको छ । ।

विद्यार्थी( विद्यार्थी, प्राध्यापक(प्राध्यापकमा हात हालाहालमात्र हैन विद्यार्थीले गूरुमाथी नै प्रहार हुदाँसम्म न विश्वविद्यालले कारवाही गर्न सक्छ न विद्यार्थी संगठन जिम्मेवार देखिन्छन । बरु प्राध्यापकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेतालाई छुटाउन विद्यार्थी संगठनहरु सडका उत्रने गर्दछन् ।

असोज २० गते त्रिवि परिसरमै उप प्राध्यापक प्रेम चलाउनेमाथी आक्रण भयो । आक्रमणमा संलग्न भएको भन्दै केही नेविसंघका विद्यार्थी नेतालाई प्रहरीले प्रक्राउ गर्यो ।  तर प्राध्यापक माथी कुटपिटमा संलग्नलाई कारवाहीसम्मको दायरामा ल्याउन सक्ने अपेक्षा गरिएको विद्यार्थी संघ सडकमा उत्रेर प्रक्राउ परेकालाई छोड्न प्रदशर्न गर्दै आएको छ ।

हरेक राजनीतिक परिवर्तनमा निर्णायक र अग्रमोर्चामा खटिने विद्यार्थी संगठनको यस प्रकारको रवैयाले विद्यार्थी राजनीति गुन दिशा तिर जादैँ  छ भन्ने प्रश्न उठ्न थालेको छ । कहिले पुस्तकालयमा आगलागी त कहिले उपप्राध्यापमाथी आक्रमण जस्ता घटनाले विद्यार्थीको मर्यादामाथी र राजनीतिलाई कुन रुपमा लिने ?

विद्यार्थीका मुद्दाबाट सधै टाढा रहेको आरोप लाग्ने गरेका विद्यार्थी संगठनहरु वर्तमानमा विद्यार्थीको हितमा काम नगर्ने र आफ्नो जग नै भत्काउने गरी कृयाकलाप गर्ने हो भने कुनै विद्यार्थीको गरिमा के ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *