ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपाभित्रको अन्तरकलह, विवाद र सत्तामोहको सकस

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ भित्र जारी अन्तरसंघर्ष, गुटगत राजनीति र सत्तामोहले फेरी पनि नेकपा फुटको संघार तर्फ अगाडी बढेको संकेत मिलेको छ । अर्थमन्त्री तथा नेकपाका महासचिव समेत रहेका विष्णु पौडेल ट्वटरमा एक ट्वट गर्दै नेकपा पार्टीको एकिकृत र अविभाज्यता असत्विका सामु गम्भिर संकट उत्पन्न भएको भन्दै पार्टीभित्रको अन्तरविरोधलाई अनत्य गर्दै पार्टी एकताको रक्षा गर्न सबै नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् । बिष्णु पौडेलको यो अभिव्यक्तीले पनि नेकपाभित्रको रडाकोलाई छताछुल्ल पारिदिएको छ ।

त्यस्तै नेकपाभित्र जारी अन्तरसंघर्ष र गुटगत राजनीतिको झल्को दिने खालको ट्वट नेता भीम रावलको छ । उनले पार्टी विधि , प्रणाली र पद्धति विपरित हिडे दुर्घटना हुने संकेत गरेका छन् । स्थायी कमिटीको बैठ्क तुरुन्त बोलाउन माग गर्दै नेता रावलले पार्टी फुट र विखण्डन तर्फ अगाडी वढे जनताप्रति गद्धारी हुने वताएका छन् ।

आइतवार वसेको नेकपा वहुमत सदश्य सहितको सचिवालयको बैठ्क अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवारको भेटका क्रममा केपी ओलीले पार्टी फुटाएर अगाडी वढाउन सुझाव दिएको बताएका छन् । बामदेव गौतम र रामवहादुर थापा सहित ६ जना उपस्थित सचिवालयमा प्रचण्डले नेताहरुसँग सुझाव मागेका थिए । सुझावमा सचिवालय सदश्यहरुले पार्टी फुटवाट वचाउनुपर्ने बरु आगामी महाधिवेशनमा जसरी पनि जानुपर्नेमा सुझाव दिएको स्रोतले जनकारी दिएको छ ।

यता प्रधामन्त्री केपी शर्मा ओलीले गोदावरीस्थित अन्तर्राष्ट्रिय सभा हलको निरिक्षण गर्दै पार्टी नफुट्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री ओली लामो समयदेखि बालुवाटारबाट बाहिर निस्किएका थिएनन् । तर, पार्टीको अन्तरकलह चर्किएको र महासचिब बिष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आएको सन्देश प्रवाह गरेकै दिन ओली बालुवाटारबाट बाहिर निस्किएर गोदावरी पुगेका हुन् ।

नेकपाभित्रको विवादको मुख्य कारणहरु चाँही के के हुन त ?

१ . कर्णाली प्रदेशका मुख्यमन्त्रि विरुद्ध माधव समुहका सांसदहरुसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउनु तथा अविश्वास प्रस्ताव फिर्ता गरी सरकार राम्रोसँग सञ्चालन गर्न दुई अध्यक्षले छुट्टाछुट्टै पत्र पठाउनु

२. सरकारले जथाभावी राजनीतिक तथा राजदुतको नियुक्की गर्नु ( पुर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई १५ दिन अगाडी मुख्य सचिववाट राजिनामा गर्न लगाई परराष्ट्र सचिवलाई मुख्य सचिवमा नियुक्ती गरी लोकदर्शन रेग्मीलाई बेलायतको राजदुत बनाउनु तथा १ महिनाको अवधिमा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीका प्रमुख सल्लाकार र त्यसपछी अमेरिका लागी राजदुत सिफारिस गर्नु र लगानी वोर्डका सिइयो नियुक्तीमा दिनु )

३ . प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्षसँग छलफल नै नगरी रिक्त रहेका मन्त्रालयमा मन्त्रीहरुको नियुक्ती अर्थात मन्त्रिपरिषद पुर्नगठन गर्न

४. प्रधानमन्त्रीले कुटनीतिक मर्यादा विपरित भारतिय गुप्तचर संस्था ‘रअ’ रिसर्च एण्ड एनालाइसिस विङ्सका प्रमुख सामान्त गोयलसँग भर्टवार्ता गर्नु

५. कोरोना परिक्षणमा शुल्क लिने व्यवस्था गर्नु र सरकारी अस्पतालहरु धलिखेल र टेकले जथाभावी धरौटीको रकम र शुल्क निर्धारण गर्नु

६. स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिता

सरकारको काम कारवाही र निर्णयका विषयलाई लिएर अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ विच तिक्कतापुर्ण सम्वन्ध अगाडी वढिरहेको छ । ओली गुटका नेताहरुले प्रचण्डले सरकारको नेतृत्वको माग गरिरहेको दावी गरिरहेका छन् भने प्रचण्ड पक्षका नेताहरुले प्रचण्डको त्यस्तो कुनै पनि माग नरहेको वताउँदै आएका छन् । प्रचण्डले आफुले पार्टीको जिम्मेवारी पाउनु पर्ने र सरकार पार्टीको निर्देशननुसार चल्नुपर्ने अडान राखेको एक प्रचण्ड निकट एक नेताले वताएका छन् । प्रचण्डले यो सरकार पाँच बर्ष नै टिक्नुपर्ने धारणा राख्दै आएको उनको दावी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मर्म र भावनानुसार सरकार सञ्चालन तथा अलोकप्रिय निर्णयहरु गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल सँग मिलेर प्रचण्डले ओली बिरुद्ध अविश्वास प्रस्तावका लागी हस्ताक्षर अभियान थालेको ओली गुटका नेताहरुले दावी गर्दै आएका छन् । ओली एकलौटी ढङ्गले चलेको भन्दै अर्का अध्यक्षले प्रधानमन्त्रीसँग भेट गर्न इन्कार गर्दै आएका थिए । शनिवार ११ दिनसम्मको मौनव्रत तोड्दै प्रचण्ड ओली विच भेटवार्ता भएको थियो । ओलीसँग प्रचण्ड चिडिएको भन्दै उनलाई मनाउन केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल , सुवास नेम्वाङ , शंकर पोखरेल लगायतलाई खुमलटार पठाउदै आएका थिए । सबैलाई प्रचण्डले आफ्नै ढङ्गवाट अगाडी वढ्यौ भन्ने जवाफ दिदै फर्काउदै पठाउने गरेको स्रोतको दावी छ ।

शनिवार भएको भेटवार्ता पनि कुनै फलदायी कुराकानी नहुनुले नेकपाभित्रको अन्तरकलहले थप उग्ररुप लिइरहेको देखिन्छ । मुलुक यतिवेला कोरोना महामारीवाट आक्रान्त भइरहेको समयमा सबैभन्दा ठुलो पार्टी नेकपा आन्तरिक गुट उपगुटको राजनीतिमा फस्नु कुनै दृष्टिमा अनुचित रहेको दोस्रो तहका नेताहरु वताउँछन् । यता राजनीतिक विष्लेषकहरुको यो नेकपा पार्टीको महाधिवेशन नै नहुने दावी गर्छन् । राजनीतिक विष्णु सापकोटाले ट्वटर मार्फत ट्वट गर्दै भनेका छन्- ”यो बिषयमा कुनै तथ्य त हुन सक्ने कुरै भएन।न त राजनीतिमा भविष्यवाणी गर्नु नै कुनै बूद्दिमान काम हो । तर मेरो राजनीतिक आंकलनमा यो नेकपा एकता घोषणा भएको दिनदेखि नै यो पार्टीको महाधिवेशन हुन्छ जस्तो लागेको छैन । जुन कुरा त्यति बेलादेखि नै लेखेको छु । भएछ भने म छक्क पर्नेछु।”

दुई अध्यक्षविचको लडाईले सरकार सञ्चालनमा समस्या आउन थालेको परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको भनाई छ । पार्टीको अन्तरविरोधको ततकाल अन्त्य गरेर कोरोना महामारी रोकथाम तथा नियन्त्रण गरी मुलुकलाई समुनतिको दिशामा अगाडी वढाउनपर्नेमा मन्त्री ज्ञावलीको जोड दिएका छन ।

यता नेता महेश वस्नेत समेत पार्टीभित्रको विवाद हल हुनेमा ढुक्क देखिन्छन् । नेकपा जस्तो ठुलो पार्टीको नेतृत्व गर्नुको सट्टा यसलाई फुट्याएर झुन्डको नतृत्व गर्न पाटीका वरिष्ठ नेताहरुमा इच्छा नहुनुपर्ने तर्क वस्नेतको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *