ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो कोभिडको तथ्याङ्कलाई लिएर जनस्वास्थ्यविद्को चिन्ता,सरकारको लापरवाहीले अवस्था नियन्त्रणभन्दा वाहिर

पछिल्लो २४ घन्टाको तथ्यांकले के संकेत गर्छ ?

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणको संख्या ९ हजार २ सय ७९ मध्ये २ हजार ५ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । जुन परिक्षणको तुलनामा २७ % हो भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा १७ पुगेको छ ।

काठमाडौंमा मात्रै संक्रमितको संख्या १ हजार २ सय ५७ रहेको छ , अर्थात कुल संक्रमितको मध्ये ५०.१ % सक्रिय संक्रमित काठमाडौं उपत्यकामा छन् । शनिवारसम्ममा ३८ हजार ५ सय ८४ होम आइसोलेसनमा र ३१ हजार ८ जना संस्थागत आइसोलेसन , ७ हजार ५ सय ७६ जना अस्पताल आइसोलेसनमा र क्वारेन्टिनमा -२४ सय १० जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

स्वास्थ्य मन्त्रालयको शनिवारको तथ्याङ्कले काठमाडौं उपत्यका लगायतका अन्य स्थान कोरोना संक्रमण तिव्ररुपमा फैलिसकेको देखाउँछ । पिआर गराएका मध्ये २७ प्रतिशतमा संक्रमण पुष्टी हुनुले कोरोना भयावह अवस्थामा पुगेको संकेत मिलेको जनस्वास्थ्यविद्हरु वताउँछन् । संक्रमितको तुलनामा पिसिआर परीक्षण निकै कम हुँदा कोरोना भाइरसले विष्टफोटक रुप लिइसकेको भन्दै जनस्वास्थ्यविद रविन्द्र पाण्डेल चेतावनी दिए | संक्रमण प्रतिशत धेरै भयो काठमाडौं उपत्यकामा कोभिड बिष्फोटक अवस्थामा पुग्यो मृत्यदर प्रत्येक दिन बढ्दैछ , क्वारेन्टिनमा असुविधाको कारण त्यहाँ बस्नेहरुको संख्या एकदम न्यून छ भन्दै पाण्डेले चिन्ता व्यक्त गरेका छन् ।

संस्थागत आइसोलेसन प्रभावकारी नभएका कारण धेरै संख्यामा संक्रमितहरु होम आइसोलेसन हुँदा पनि अस्पतालमा बेड अपुग छ । ९६ जना आइसीयुमा तथा ६९ जना भेन्टिलेटरमा हुँदा कसरी आइसीयु प्याक भए भन्ने प्रश्न पाण्डेले द प्रेस नेपालसँगको कुराकारीका क्रममा गरेका छन् ।

जब कि सरकारले २६ सय आइसीयु र ९ सय भेन्टिलेटर रहेको वताउँदै आएको छ । शनिवारको मन्त्रालयको तथ्याङ्कले जति सक्दो सरकारले परिक्षणको दायरा वढाउनपर्ने देखिन्छ । संक्रमितलाई प्रभावकारी ठाउँमा निगरानी गरेर आइसोलेसनमा राख्नुपर्ने तथा स्थानिय तहमा सुविधाजनक आइसोलेसन केन्द्र निर्माण गर्न पाण्डेले सरकारलाई सुझाव दिएका छन्

काठमाडौं उपत्याकामा जनस्वास्थ्यका मापदण्डको अनुगमन तथा निगरानीमा कडाइ गर्ने , अस्पतालमा दैनिक बेड अडिट गर्ने, खालि भएर पनि बेड लुकाउने अस्पताललाई कारबाही गर्ने , ३ वटा ठूला मेडिकल कलेज, ३ वटा ठूला सरकारी अस्पताल र ३ वटा ठूला प्राइभेट अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्ने, उपत्यका बाहिर पनि संक्रमितको संख्या अनुसार यस्तै ब्यबस्था गर्ने ,सेनालाई साधन / स्रोत र स्थान दिएर प्रिफ्याबका अस्थायी अस्पताल बिभिन्न ठाउँमा निर्माण गर्ने ,हरेक बेडलाई अक्सिजन बेडको रुपमा बिकास गर्न र हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य राख्नपर्ने लगायतका काम गर्न सके कोभिड नियन्त्रण गर्न मद्दत पुग्ने पाण्डे वताउँछन् । यसका लागी सरकार थप जिम्मेवार वन्नुका साथै आम नागरिक स्वयम सचेत र अनुशासित हुनुपर्नेमा जनस्वास्थ्यविद रविन्द्र पाण्डले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *