ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिडको दोस्रो लहर: पोल्याण्ड र हंगेरी हटस्पोट वन्दै

युरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसंगै पोल्याण्ड र हंगेरी हटस्पोट वन्दै गएको वीवीसीले जनाएको छ । पोल्याण्डमा पछिल्लो लगातार पाँच दिनमा निकै उच्च संख्यामा कोभिडका संक्रमितहरु देखिएका छन् । पोल्याण्डमा शनिवारसम्ममा कोभिडका विरामीहरु २१ हजार ९ सय ९७ पुगेका छन् ।

यता हंगेरीमा पनि दैनिक शनिवार एकै दिनमा ३ हजार ९ सय ८ जनामा कोरोना भाइरस सक्रमित पाइएको छ । हंगेरीमा पहिलो पटक ४ हजार भन्दा वढी कोभिडका विरामीहरु अस्पताल भर्ना भएको यो पहिलो पटक रहेको वीवीसीले जनाएको छ ।

यता स्लोभाकीयामा कोरोना भाइरस नियन्त्रण भन्दा बाहिर गएको भन्दै त्यहाँको सरकारले हरेक १० मध्ये एकजना व्यक्तीमा कोभिड परिक्षण गरिएको छ । उक्त देशमा हालसम्म ७ लाख ८० हजारमा परिक्षण गरेकोमा ५४ हजार ६ सय ७० मा संक्रमित देखिएका छन् । हाल स्लोभाकीयामा ४४ हजार ९ सय जना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *