ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पौडेल पक्षको विरोधपत्रमा कार्तिक १७ गते छलफल हुने ।

पौडेल पक्षले वुझाएको विरोध पत्रको विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठ्क डाकेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूलाई कार्तिक १७ गतेका लागि छलफलका लागि डकाकेका हुन् । असोज १२ गते पौडेल पक्षका २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको देउवाको कार्यशैली विरूद्ध केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेका थिए ।

पार्टीलाई विधानसम्मत सञ्चालन गर्नु पर्ने, १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गर्नु पर्ने लगायतका माग राख्दै विरोध पत्र बुझाएका थिए । हस्ताक्षर गर्ने केन्द्रिय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहित , महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *