ओलीसंग चिडिएका प्रचण्ड पुन ओलीकै कित्तामा !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षविच एघार दिनपछि बल्ल संवादको वातावरण तयार भएको छ । संवाद हिनताको ११ दिन पछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार दिउँसो वालुवाटार पुगे ।
अध्यक्ष दोय ओली र प्रचण्डका सन्देश लिएर नेताहरु कहिले खुमलटार त कहिले वालुवाटार धाइरहेका समयमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मिलेर अभिस्वासको प्रस्ताव तयार भएको समयचार बाहिरिए र पार्टि एकिकरण पछि महादिवेशन विनानै पार्टि फुटको संघारमा पुगेको अनुमानवाजी समेत भए । तर प्रचण्डको बालुबाटार गमनले नेकपा राजनीतिमा नयाँ मोड ल्याएको छ भने राजनीतिमा जहिले जस्तो सुकै परिणामा निक्लन्छ भन्ने उद्दहरण पुन पुष्टि हुने संकेत गरेको छ ।
शुक्रबार मात्रै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली त्यसअघि महाचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए । तर प्रचण्डले आफू कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाले बालुवाटार बताएपनि अन्तत प्रचण्ड ओलीभेट्न बालुबाटार पुगेसंगै नेपालसंगको सहमतिमाथी प्रश्नमात्रै उठेको छैन । नेपाललाई एक्ल्याएर प्रचण्ड पुन ओली कित्तामा गएका हुन कि भन्ने प्रश्न खडा भएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव तयार लगायत विषयमा रुष्ट रहेका प्रचण्डलाई फकाउन ओलीले कुन अस्त्र प्रयोग गर्छन तेसैले प्रचण्डको आगामी कार्यादेश तय हुने निस्चित छ । राजनीतिक फाइदाका लागि जता पनि लच्किन तयार हुने प्रचण्डले बालुवाटार जानु अगाडि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।
ओली विरुध पार्टि भित्रमात्र नभइ प्रमुख प्रतिपक्षीलाई पनि संगै लगेर जाने योजना बनाएका प्रचण्ड र नेपाल समुहको आगोमा भारतिय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्तकुरमार गोयल घिउको रुपमा उपस्थित भए । दुवै पक्षका सांसदहरुले ओली विरुध हस्ताक्षर नै गरिएको बुझिएको थियो ।।