ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तोतोपानी नाका पुन: सुचारु , ब्यावसायी हर्षित, भन्सार प्रमुख भन्छन् “अब कुनै समस्या छैन् ।”

कोरोना महामारी र प्राकृतिक बिपत्तिबाट पटक पटक बन्द भएको तातोपानी नाकाबाट सामान आयात हुन थालेको छ। गत असोज २० बाट बन्द भएको नेपाल चीन उत्तरी नाकाबाट बिहीबार नेपाल सामान भित्रीएको हो। उच्च सतर्कता अपनाउँदै चिनियँ ब्यापारीले नेपालमा माल समान पठाउन थालका छन । महिनौ देखी ततोपानी नाकामा अडकिएर वसेको सामान ल्याउन पाएपछी ब्यवसायी हर्षित भएका छन् ।

गत असोज २० बाट बन्द भएको नेपाल चीन उत्तरी नाकाबाट बिहीबार नेपाल सामान भित्रीएको हो। अहिले नेपाल तर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान छोड्ने गरेका छन् । चिनियाँहरुले सजिलै समानहरु पठाउन तयार भएकाले अब नाका निरन्तर सञ्चालनमा आउने तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीले बताएका छन्।

अहिले नेपाल कन्टेनर मितेरी पुल जान नपर्ने भएको छ। बिहिबार मात्रै ४० फुटको चिनियाँ टेलर नेपाल आएको छ । उनीहरुले टेलरको अगाडीको भाग छुटाएर लैजाने गरेका छन । त्यसपछि नेपाल तर्फको टेलरको अगाडिको भाग जोडेर ४० फुटको टेलर भन्सारसम्म ल्याइएको छ। अहिले दिनमा दुई गाडी सामान आइरहेको छ । पारीबाट कति गाडी पठाउने हो भन्ने जानकारी प्रत्येक दिन बिहान जानकारी आउँछ र उनीहरुले गाडी जती धेरै पठाउछ त्यतिनै सामान आउने जनाएको छ व्यावसायी बिजय शेर्पाको भनाई छ ।

भन्सारमा काम गर्दा मजदुरहरु स्वास्थ्य सामाग्री सेनिटाइजर, माक्स, ग्लोब्स र पिपिइ सेट लगाएर सामान लोड अनलोड गरेकाले काम गर्न सहज भएको सवारी चालक तथा मजदुर समेत रहेका आङ्छिरिङ शेर्पा वताउँछन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन दुवै पक्षबाट सजगताको लागि नया मोडालिटी तयार गरिएको छ । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जान पाउने प्रबन्ध मिलाएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीको भनाई छ ।

अब खासाबाट रेडिमेड रेडिमेट सामान मात्रै होइन कृषि लगायत फलफुल सहित अन्य सामान समेत आयात गर्ने तयारीमा रहेको व्यावसायी वताउँछन् ।

यसअघि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढसय कन्टेनरका रेडिमेड सामाग्री दशैअघि राजधानी पुर्‍याउने लक्ष्य राखेर नाका संञ्चालनमा ल्याइएको थियो । दशै अघि चीनको खासाबाट १२ वटा कन्टेनरबाट लत्ताकपडा, गार्मेन मेटिरियलसहित केही रेडिमेड सामाग्री तातोपानी भित्रिएको थियो । गत असोज १९ गते नाकामा कार्यरत ३ मजदुरमा कोरोना सङ्क्रमित पुष्टि भएपछि चिनियाँ अधिकारीले असोज २० बाट नाका बन्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *