ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फुल ओइलाइ सक्दा पनि तिहार नआएपछी किसान चिन्तित ।

यो वर्ष अधिकमासका कारण तिहार झण्डै एक महिना पछाडि धकेलिदा तिहारको फुल खेर गएको भन्दै किसान चिन्तित भएका छन । कोभिडका कारण सबै ‍औपचारिक कार्यक्रमहरु समेत नभएकाले फुलको कसरी विक्री गर्ने भन्ने विषयको चिन्ता किसानमा परेको छ । विगतमा औपचारिक कार्यक्रम हुँदा होटल रेष्टुरेण्ड तथा सभा सम्मेलन र गोष्टिमा फुलको माग हुने गरेकोमा यो वर्ष कोभिडका कारण सबै कार्यक्रमहरु स्थागित भएका छन् । सयपत्री तथा मखमली फुलको विशेष माग तिहारका लागी मात्रै हुने गर्दछ । तर यो वर्ष चाडै तिहार परेकाले फुल ओइलाएर जाने चिन्तामा किसान परेका छन् ।

तिहारको बेला फुल्ने सयपत्र लगायतका फूल अगाड नै फुलिसकेकाले यो वर्ष तिहारमा फुल आयात गर्नुपर्ने अवस्था आउन सक्ने किसानको भनाई छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समय भन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो । तर फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ भने -” क्यालेण्डरका आधारमा फूल खेति गरिएकाले नेपाली उत्पादनले नै यसवर्षको मागलाई सहजै धान्ने बताएका छन् । नेपाल गतवर्षको तिहारमा २५ लाख माला खपत भएपनि यस वर्ष कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने र स्वदेशी उत्पादनले माग धान्न सक्ने श्रेष्ठको दावी छ । “

तिहारका लागि लगाइएको फूल त्यो बेलासम्म सुकिसक्ने भएकोले ससस्या हुन सक्ने फूल किसानहरु बताउछन । अहिले फूलेको फूल त्यो बेलासम्म जोगाएर राख्न नसकिने उनीहरुको भनाई छ । विगत ६ महिना देखी मेहनत र खर्च पनि नउठ्ने भएपछी किसान दुखी छन् । तिहार पछाडि भएपनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फुल आयात गर्न नपर्ने उनीहरुको भनाई छ । गतवर्षको तिहारमा करिब १० लाख रुपैयाँ वरावरको फूलका माला भारतबाट आयात गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *