ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चक्रपथको डिजाइन तयार नहुदैँ भत्कियो बसपार्कको पुल

चक्रपथको सडक विस्तार अन्तर्गत कलंकी- महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारकाको काम सुरु भएको छ ।  गोंगबुको आकाशे पुल ओभरहेड ब्रिज चक्रपथ सडक विस्तारका लागि भत्काइएसंगै दोश्रो चरणको काम सुरु भएको हो ।

तत्कालीन सरकारले ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दिएपछि पुल निर्माण भएको थियो ।  मुख्य चोकका  दुई पुल मध्ये चक्रपथ अन्तर्गत पर्नेःकलंकिमा रहेको पुल भत्काएर  अन्डरपास निर्माणका भइसेको छ ।  कलंकीको पूल निर्माणमा १३ करोड खर्च भएको थियो भने बषपार्कको पुल साढे सात करोडमा निर्माण गरिएको थियो ।

चक्रपथमा रुख काटने तारबार र पोलहरु हटाउने अन्य साइईट क्लियरेन्सका काम करीव करी सकेको महानगरसंग मुआब्जा विवाद भने पूर्ण रुपमा सूल्झिसकेको छैन ।  चीनले डिजाइन गर्ने चक्रपथमा कामदार र प्राविधिक सहयोगमा पनि चिनिया कम्पनि नै छ । ‍पिहलो चरणमा बनेको सडकमा शहरी सडक जस्तो नभै राजमार्ग रुपमा बनाएको भन्दै  धेरै कमीकमजोरी भएको भन्दै आलोचना भने हुँदै आएको थियो ।  चीनले कस्तो डिजाइन तयार गरेर दिन्छ थाहा छैन हाल सम्म सडक कस्तो बन्छ त्यो अन्योल नै छ । तर निर्माणका लागि प्रारम्भिक काम भने सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *