सुनसान सरकारी कार्यालय-कतै पिडा त कतै अव्यवस्थाको हद

दशैं विदा सकिएपनि सरकारी कार्यालयहरु अझै खुल्न सकेका छैन्न । दशैंमा विदा लिएका सवै कर्मचारी घर नफर्केका कारण कार्यलयहरु पूर्णरुपमा सञ्चालनमा आउन नसकेका हु भने भएका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएका कारण अधिम्स कार्यालयले अत्यावस्यक सेवा वाहेकका अन्य सेवा प्रवाह गर्न सकेका छैनन् ।
दशैं विदा पछि खुलेका काठमाडौ उपत्यकाका सेवामुखी सरकारी कार्यालयको अवस्था सुनसान देखिन्छ । दशैंपछि कार्यालय खुलेको तेस्रो दिनसम्म पनि कार्यलयमा कोरोना प्रभाव भन्दै कर्मचारीको उपस्थित अत्यन्तै न्यून देखिन्छ ।
कार्यलयहरुमा सेवा प्रवाहलाइ प्रभावकारी बनाउन नियमन गर्ने सामान्य प्रशासन मन्त्रालयका अधिकम्स कर्मचारी कोरोना संक्रमित हुदाँ मन्त्रालय आइसोलेशन जस्तै बनेको छ । जस्का कारण पनि मन्त्रालयले केही नियम बनाउन सकेको छैन । त्यतिमात्र हैन जील्ला प्रशासन कार्यालयहरु सेवा प्रवाह कसरी दिने भनि मापदण्ड नवनाउदाँ सेवाग्रही मर्कामा पारेका छन्
कोरोनाका कारण यसै त लामो समय देखी अधिकाँश कार्यालयमा सेवा लिन नपाएका सेवाग्राही जोखिम मोलेर पनि सेवा लिन आतुर छन तर
कमर्मचारी अभावका कारण सेवा दिन नसकिएको कन्सुलर सेवा विभागकी अफिसर सुजनि राणा बताउछीन ।
जोर विजोर प्रणाली कायम रहेको र उपत्यका वाहिर रहेका कर्मचारीहरु काठमाडौं आइनपुगेको भन्दै मालपोत कार्यालय कलंकीले भने नयाँ रणनीति अपनाएको छ । नमुना कार्यालय समेत रहेको मालपोतले सेवा क्षेत्र छुट्याएर सेवा प्रदान गरिदैं आएको जस्का कारण थोरै जनशक्तिमा पनि भिड नहुने गरी सेवा दिन सफल भएको कलंकी मालपोत कार्यालयका प्रमुख टेकराज अर्यालले जानकारी दिए ।
तेस्तै एकान्तकुनाको यातायात व्यवस्था कार्यालयकमा पुग्ने सेवा ग्राहीको अवस्था भने विजोग देखिन्छ । कार्यालय खुले पनि सेवा प्रवाह भएको छैन भने सेवा ग्राहीलाई कार्यलय गेट बाहिरै रोकिएको छ । जिल्ला प्रशासन कार्यलयले अत्यावस्यक सेवा भन्दा अन्य काम बन्द गर्ने निर्देशन दिएको र केही कर्मचारीमा कोरोना संक्रमण भएको भन्दै काम ठप्प भएको यातायात व्यवस्था कार्यालयका प्रमुख सम्बरबहादुर कार्की बताउछन् ।
तर कार्यालयमा विना सूचना बन्द गरिएको र कार्यालय परिसरमा प्रष्ट सूचना समेत नटासिएको भन्दै सेवाग्रही आक्रोसित बनेका छन् । सधै भरी भिडभाड हुने कार्यलय दशैं लगत्तै यसरी बन्द हुदाँ सेवाग्रहीमा पिडा थपिएको छ ।