ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कञ्चनपुरका थारु समुदायले कोरोनाका कारण सखीयाँ नाच नाचेनन् ।

यो वर्षको दशैंमा कञ्चनपुरको थारु गाउँमा सखियाको मादलको धुन बजेको सुनिएन् । जसका कारण थारु वस्तिमा दशैंको रौनक नै नआएको स्थानिय वताउँछन् । विगतका वर्षको दशैंमा कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक हुनेगर्थ्यो , तर यो बर्षको दशैंमा कोरोना भाइरसको जोखिम बढेसँगै थारुहरुले सखियाको तालमा घन्किने मंजिरामा थारुहरुले त्यति धेरै नृत्य गरेनन।

यो वर्षको दशैं थारु समुदायको लागी रौनक बिहिन भएको स्थानिय वताउँछन् । धार्मिक तथा सांस्कृतिक भावले ओतप्रोत भएको तथा सामूहिकरुपमा गरिने नृत्यमा भिडभाड हुने भएकाले यो वर्षको दशैंमा नृत्य आयोजना नगरिकएको थारु समुदाय वताउँछन् । थारु समुदायका अगुवा, बडाघर, गुरुबा, केसोका चौकिदार गाउँका मान्नेजन संगै जनप्रतिनिधिहरुले बैठक गरी कोरोनाको सर्तकताका लागी नृत्य नगर्न आग्रहका थिए । तर थारु समुदायका संस्कृति लोप हुने भन्दै समाजिक दुरी कायम गर्दै २ दिनसम्म एकदमै कम मात्रामा मात्रै नृत्य गरेका छन् ।

यो बर्षको दशैँ कोरना को कारणले खल्लो बनाइदिएकोमा थारु समुदायका मानिसहरु निरास देखिन्छन् । आफन्तजन नातागोता सबै मिलेर चामलको पिठो, ढिग्रि र सुँगुरको मासु लगायतक परिकार खाएर उनीहरुले दशैं लगायतका चाडपर्व मनाउने गर्छन् ।

आफैंले बनाएको थारुको पहिचान झल्काउने पहिरनहरू लगाएर युवायुवतिहरुले खसियामा नृत्य गर्छन् । थारु समुदायका युवतीहरुले मादलको ताल सँगै आफ्नो शरीरलाई विभिन्न मुद्रामा मोडेर नित्य देखाउने गरेका गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *