साता पछि बल्ल उजुरी दर्ता, अझै उठेन शव

पर्साको विन्दावासनी गाउँपालिका – ५ प्रसौनीमा पथग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीच भएको झडपमा सचिव मुकेश चौरसियाको मृत्यु प्रकरणको करिव एक साता पछि बल्ल उजुरी दर्ता भएको भएको छ ।
मृतकका भाइ महेश चौरसिया बिहीबार जिल्ला सरकारी वकिल कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा १२ जना माथि कारवाहीको माग राख्दै जाहेरी सहितको निवेदन दर्ता गराएका हुन् । शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका उपरिक्षक गंगा पन्त जानकारी दिइन् ।
घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै एक सातादेखि प्रदर्शन हुँदै आएको थियो । पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लास बुझ्न मानेका छैनन् ।
जिल्लाको विन्दावासनी गाउँपालिका – ५ प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । बिहीबार विन्दवासनी गाउँपालिका शपथग्रहण कार्यक्रममा झडप हुँदा आठजना घाइते भएका थिए । जसमध्ये चारजना उपचारपछि घर फर्केका छन् भने मुकेशको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।