ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना परिक्षणको दायरा साँघुरो वन्दै , पहुचवालाले मात्रै पाए परिक्षणको सुविधा ।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

सरकारले पिसिआर परिक्षण दैनिक ३० हजारसम्म गर्ने जनाएको थियो । तर मंगलवार स्वास्थ्य मन्त्रालयको दशैंकको विदाको कारण देखाउदै २७ सय २५ जनाको मात्रै परिक्षण भएको तथ्याङ्क सार्वाजनिक गर्यो । जसमा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुदाँ १४ जनाको कोभिडका कारण ज्यान गुमाएका थिए । दिन प्रतिदिन कोरोना भयावह बन्दै जादाँ परिक्षण साघुरीदै जादा त्यस्को विरोध सूरु भएको छ ।

नेपालमा कोरोना संक्रमण दर बढ्दो छ । यहि अनुपातमा वृद्धि हुने हो भने कोरोना नियन्त्रण भन्दा बाहिर जाने निस्चित छ । स्वास्थ्य मन्त्रालयले पटक पटक संक्रमण भयावह बन्ने चातावनी दिएपनि परिक्षणको दायरा भने आफै कम्जोर बनाउदैं गएको छ । कुनै समय दैनिक २० हजार सम्म परिक्षण गरेकोमा अहिले पुग नपुग ३ हजारमात्र परिक्षण भएको स्वयम स्वास्थ्य मन्त्रालयले तथ्याङ्कले देखाउँछ ।

दशैंको समयमा भएको र स्वाव संङ्कलन दिने नै कम भएको भन्दैं प्रयोगशालाले परिक्षण कम भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक रुना झा बताउँछिन ।

पिसिआर परिक्षणको दायरा फराकीलो बनाउनु पर्ने समयमा सरकारले जनताको परिक्षणबाट हात झिकेको मात्र हैन जनताको जनस्वास्थ्यमाथी नै खेलवाड गर्दै आएको आरोप लागेको छ । पिसिआर परिक्षण लागि ५ दर्जन भन्दा बढि प्रयोगशाला स्थापना गरेर प्रचार गरेको सरकार अहिले तीनै प्रयोगशालालाई निष्कृय बनाउदा कोरोना संक्रमण झनै भयावह बन्दै गएको छ ।

परिक्षणको दायरा फराकिलो बनाउनु पर्ने ठाँउमा विभिन्न अड्चन राख्दै परिक्षणको दायरा घटाएको सरकारको कदमको – जनस्वास्थ्य विद् डा रविन्द्र पाण्डे विरोधमात्र गरेका छैनन् उनले सरकारको यही संरचनाले २ लाख परिक्षण गर्न सकिने वताउँछन् ।परिक्षणको दायरा फराकिलो बनाउने जनाएको सरकारले कोरोना संक्रमण बढ्दै जादाँ परिक्षणको दायरा भने झन भन्यो झन साघुँरो बनाउदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *