हवाई कम्पनीको दशैं ब्यापारमा ६० प्रतिशतसम्मको कमी ।
विगतका वर्षहरुको दशैंको तुलना करिव ५० प्रतिशतसम्म भाडादर कटौति गरेका एयरलाइन्स कम्पनीहरुले यात्रुको आवगमन कम हुँदा क्षमताभन्दा न्युन संख्यामा उडान भरेको वताएका छन् । कोभिडकाको सतर्कतास्वरुप सरकारले चैत्र ११ बाट लकडाउन सुरु गरेपछी आन्तरिक उडान वन्द भएको थियो । असोज ५ गतेवाट सरकारले आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेपछी नेपालका वायु सेवा कम्पनीहरुले केही राहात महसुस गरेका थिए । दशैंमा यात्रुको चाप वढ्ने अनुमान गरेका वायु सेवा प्रदायक कम्पनीको योजनामा धक्का लागेको छ ।

उडान सञ्चालनमा आएपछी नेपालमा कोभिडको संक्रमण तिव्ररुपमा वढ्न थाल्यो । जसका कारण उनीहरु आफ्नो पुर्णक्षमतामा उडान भर्न सकेनन् । यात्रुको संख्या कम भएपछी सबै एयरलाइन्स कम्पनीहरुले भाडादरमा कटौति गरे । ” विगतका दशैंमा भन्दा ६० प्रतिशतले व्यापारमा कमी आएको यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले जानकारी दिए । ” कतिपय गनतव्यहरुमा त घाटामा उडान गर्नपर्ने अवस्था आएको उनी वताउँछन । तर पनि अहिले कोभिडले अर्थतन्त्र नै चौपट भएको अवस्थामा हवाई क्षेत्रमा परेको असरलाई सामान्य ढंङ्गले लिनुपर्ने तर्क रिमालको छ ।

कम्पनीको व्यापारमा कमी आउनुको अर्को मुख्य कारण वाह्य पर्यटक नआउनु पनि हो । विदेशी पर्यटकका कारण विगतमा हवाई टिकटको माग निकै नै उच्च हुने गर्थ्यो । तर कोभिडका कारण विदेशी पर्यटक आउन पाएका छैन् । कोभिड भन्दा अगाडीका वर्षहरुमा यात्रुले दशैंमा घर जानका लागी महङ्गो मुल्यतिरेर टिकटको अग्रिम वुकिङ गर्ने गर्थे । यो वर्षको दशैंमा सरकारले जहाँ छ त्यहीँ वसेर दशैं मनाउन आग्रह गरेका कारणले पनि यात्रुको संख्यामा कटौति आएको हो ।
यो वर्षको दशैंमा वुद्ध एयरलाइन्सले पनि खासै व्यापारको आसा नगरेका वताउँछ । कोभिडको भ्याक्सिन नआइकन एयरलाइन्स कम्पनीको व्यापारमा खासै सुधार नआउने बुद्ध एयरलाइन्स कम्पनी बजार निर्देशक रुपेश जोशी वताउँछन् ।

बुद्ध एयरलाइन्स कोभिड १९ कारण सरकारले लागु गरेको लकडाउन र निषेधाज्ञा कारण नेपालका एयरलाइन्स कम्पनीहरु छ महिनासम्म वन्द भएका थिए । केही हवाई कम्पनीहरुले यात्रु नपाएका कारण धनगढी लगायतका गनतव्यमा उडान भेरनन् । विगतमा हप्तामा ३५ वटा सम्म उडान भर्ने वायु सेवा कम्पनीहरुले अहिले १८/ १९ वटामा खुम्चिनु परेको वायु सेवा प्रदायक कम्पनीहरु वताउँछन् ।