ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अब स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ नगर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा प्रसारण गर्दै आएको कोरोना अपडेट हप्तामा २ पटक मात्र गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा प्रा डा जागेश्वर गौतमले अब देखी पहिले झैं नियमितरुपमा गर्दै आएको प्रेस ब्रिफिङ नहुने बताएका छन । प्रवक्ता गौतमका अनुसार आगामी दिनबाट हरेक आइतबार र बुधबार मात्रै मन्त्रालयले फ्रेस ब्रिफिङ गर्नेछ । अन्य दिनमा कोरोनाको नियमित अपडेट हरेक दिन अपरान्ह ४ : ३० बजे मन्त्रालयको वेवसाइट तथा समाजिक सञ्जालमा राखिने छ ।

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ जनाको पिसिआर परिक्षण गरिएकोमा १९ सय ५४ जनामा कोरोना पुष्टी भएको छ । बुधवार २९ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन भने ११ जनाको मृत्य भएको छ । हालसम्म कुल १ लाख ६२ हजार ३ सय ५४ जना कोरोना संक्रमित भएका छन भने १ लाख २१ हजार ८ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कुल ३९ हजार ६ सय ४३ जनामा सक्रिय संक्रमित रहेका छन भने ८ सय ८७ जनाले कोरोना कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ सय ४३ जना कोरोना संक्रमित भएका छन् ।

देशभर भएका कोरोना परिक्षणको सुचि यस्तो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *