ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिडका कारण शुनसान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

चाडपर्वका समयमा आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कोभिड–१९ को का कारण सुनसान वनेको छ । विगतका वर्षहरुमा शुक्ताफाँटामा आउने पर्यटकको निकै नै उच्च हुने गरेको निकुञ्जले जानकारी दिएको छ ।

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमा नै दुर्लभ मानिने पाटेबाघ, बाह्रसिंगे हरिण , एकसिङ्गे गैँडा , हात्ती लगायतका जनावरहरुको अवलोकन गर्न सकिन्छ ।

यसका अतिरिक्त उक्त निकुञ्जमा ३ सय भन्दा बढी प्रजातीका चराचुरुङ्गी , सिमसार क्षेत्र र केही ऐतिहासिक अवलोकन गर्न सकिन्छ ।

फागुनदेखि जेठ मसान्तसम्म निकुञ्ज घुम्ने उपयुक्त समय भएपनि काेराना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत्र महिनादेखि लागु गरेको लकडाउन र निषेधाज्ञाका कारणले गर्दा पर्यटकको उपस्थिति नै भएन । जसका कारण आम्दानीको स्रोत नै गुमेको निकुञ्जको भनाई छ ।

निकुञ्जले कार्तिक १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जंगल सफारी गर्न सकिने भन्दै सूचना जारी गरेको छ । भौतिक दूरी कायम गर्ने र मास्क तथा सेनिटाइजरको प्रयोग गर्दै जंगल सफारी र वाक सफारीमा जान सकिने भएपनि हात्ती सफारी फिसिङ क्याम्पिङ लगायत गतिविधिमा भने निकुञ्जले रोक लगाएको छ ।


जैविक विविधताले भरिपुर्ण यसक्षेत्रमा वन्यजन्तुका अतिरिक्त मुलुकै ठुलो घासे मैदान , ताल तलैया र सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । कार्तिक १ गते देखी मंगलबारसम्म निकुञ्जको भ्रमणका लागी १ सय ३ जना आन्तरिक पर्यटकको आवगमन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *