केपी ओलीको सरकार इतिहासकै असफल – कलाकार गौरी मल्ल
सेयर गर्नुहोस
4 - 4Shares

पछिल्लो समय टेलिसिरियल मार्फत टेलिभिजनामा प्रधानमन्त्रीको भूमिकामा देखिने कलाकार गौरी मल्लले हालको केपी ओलीको सरकार इतिहासमै असफल भएको टिप्पणी गरेकी छन् । जताततै काण्डै काण्डमा मुछिएको सरकार जनताको जीवन रक्षामा असफल भएको भन्दै यस्तो टिप्पणी गरेकी हुन ।
दुई तिहाइसरकारले चाहेको सेकेण्डमा परिवर्तन गर्न सक्ने भन्दै सरकार जनताका आवस्यताबाट सधै विमुख भएको उनको भनाई छ। राष्ट्रप्रमुखको रुपमा एक जना महिला राष्ट्रपति हुदाँ पनि महिला हिंसाका विषयमा चूइ पनि नवोल्नुले आफूलाई यस्तो देशको जनता हुँ भन्न पनि लाज मर्ने अवस्था आएको उनको भनाई छ । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा कुरा गर्दै मल्लले भिजन नभएको व्यक्ति कुर्सिमा पुग्दाको परिणामले देशको यो अवस्था आएको भन्दै गुनासो समेत गरेकी छन्