ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण राजनीतिक दलले गर्ने चियापान कार्यक्रम स्थगित

फाइल तस्विर

कोरोना महामारीका कारण दसैंको अवसरमा आयोजना हुने चियापान कार्यक्रम स्थगित भएका छन्

सत्तारुढ नेकपाको केन्द्रिय सचिवालयले विज्ञप्ति निकाल्दै दसैंका अवसरमा आयोजना गर्दै आएको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ स्थगित गरेको जनाएको छ । तेस्तै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि यस अघि नै चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित भएको जनाएको थियो ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले मंगलबार एक विज्ञप्ति जारी कार्यक्रम स्थगित भएको जनाएका हुन । विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टीले नेपालीहरूका यी चाडपर्व (बडादसैं, तिहार, नेपाल सम्वत्, छठ लगायत)हरूका अवसरमा विगत वर्षहरूमा आयोजना गर्दै आइरहेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम कोभिड-१९ महामारीका कारण यसवर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

उता वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामनाआदान–प्रदान कोरोना महामारीका कारण स्थगित भएको हो ।

हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने यो अघिनै काँग्रेसले प्रष्ट पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *