ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

परिक्षण कम हुँदा संक्रमितको संख्या ५ सय ७० मात्रै

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

बिजयादशमीको दिन बिदा परेकाले सम्पुर्ण सरकारी कोभिड ल्यावहरु वन्द भएकाले पिसिआर परिक्षण कम हुँदा संक्रमितको संख्या पनि कम देखिएको हो । पछिल्लो २४ घण्टामा २७ सय २५ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्ये ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन भने १४ जनाको मृत्य भएको छ ।

त्यस्तै हालसम्म १ लाख ६० हजार ४ सय जनामा मानिस कोरोना भाइरसवाट संक्रमित भएकोमा १ लाख १८ हजार ८ सय ४३४ जना संक्रमणमुक्त भइसकेका छन भने ४० हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।

सोमवार विजयादशमी भएकाले मुलुकभरका कुनै पनि सरकारी ल्यावमा पिसिआर परिक्षण हुन सकेको छैन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कुल सक्रिय संक्रमित मध्यै आधा संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २० हजार पुगेको छ ।

आजसम्म देशभरका विभिन्न जिल्लामा रहेका कोभिड संक्रमित , क्वारेन्टिन र आइसोलेसनमा रहेकाहरुको संख्या यस्तो रहेको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *