ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दसैंमा पनि चौपट तरकारी,फलफूल र मासुको व्यापार

अन्य दसैंको समयमा खुट्टा राख्न पनि ठाउँ नपाईने काठमाडौंका तरकारी तथा फलफुल बजार यो बर्षको दसैंमा शुनसान बनेका छन् । सडकमा मानिसको चहलपहल गत बर्षको तुलनमा धेरै भएपनि मानिसहरु तरकारी तथा फलफुल किन्न त्यस्ता पसलसम्म जादैनन् । काठमाडौं उपत्यकाका प्रमुख तरकारी बजारहरु कालिमाटी, बल्खु लगायतका तरकारी तथा फलफुल बजारहरु यो बर्ष शुनसान बनेका हुन् ।

कोरोना संक्रमण तथा महामारीका कारण मानिसहरु पसलसम्म जननमानेका कारण व्यापारीहर हैरान भएका छन् । दसैंको समयमा एक पटक व्यापार गरेकाले अन्यसमय सम्म धान्ने गरेका व्यारीहरु ९ महिना देखि दसैं आउला  लकडाउन र निषेधाज्ञाको समयमा नभएको व्यापारको पुरताल गरौला भन्ने सोचेका थिए । तर अधिकाम्स मानिसहरु कोरोना संक्रमणबाट त्रसित भएको, दसैं अगाडीनै मानिसहरुले काठमाडौं छोडेको र भएका मानिसले पनि अनलाईनबाट अथवा चिने जानेको पसलबाट मात्र किनेका कारण यस्ता पसलको व्यापार करीव सुन्य जस्तै बनेको छ ।

कालिमाटी तरकारी बजारमा तीन दशक देखि खुद्र व्यापार गर्दै आएका राममायाँ सिवाकोटी, चन्द्रमाया घिमिरे मात्र हैन हर्षबहादुर श्रेष्ठले ३ दशकमा पहिलो पटक यति शुनसान भएको बताउछन् । दैनिक व्यापारबाट नै ४- ५ हजारसम्म मुनाफा गर्ने उनीहरुको अहिले विहान देखि वेलुका सम्म कुर्दा बल्ल तल्ल ४-५ सयको व्यापार पनि कठिन छ ।

उता फलफुल व्यापार गर्दै आएका सुरेश महत्तो, राजेन्द्र शाह सामग्री नविकेर रुनु न हास्नु भएका छन् । उनीहरुलाई पनि कोरोना संक्रमण पछिको लगडाउनले चौपट बनेको फलफुल बजार दसैंमा केही सुधार हुन सकेको छैन् । पसलको घाडा, घरभाडा मात्र हैन बढ्दो महङ्गीका कारण पसल नै छोडेर जाउकी भन्ने पनि लाग्छ उनीहरुलाई । त्यसमाथी अधिकाम्स फलफुल भारतबाट आउने तर ढुवानीमा सधैं समस्याले गृहजिल्लामा नै गएरु खेति किसानी गरुमकी भन्ने पनि लागेको छ ।

तरकारी फलफुलमात्र हैन यो बर्षको दसैंमा मासुको माग पनि गत बर्षको तुलनामा ५० प्रतिशतमा गिरावट आएको व्यवासायीहरु बतारउछन् । गत दसैंका हरेक दिन जसो २०-३० वटा सम्म खसी काटेका मासु व्यवसायी सवै भन्दा धेरै विक्रि हुने अष्टमिको दिनपनि जम्मा ७- १० वटा मात्र खसिको मासु विक्रि भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *