कोरोनाका कारण माक्स लगाएर दसैं

बडा दसैंको मुख्य दिन आज विजयादशमीको अवशरमा मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाईएको छ । विहान १०: १९ बजे टिकाको शुभसाईत थियो । यसपश्चात आफु अनुकुलको समयमा टीका दसैं टीका लगाईएको छ . तर कोरोना संक्रमण र महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गर्दै सर्वसाधारणले दशैंको टीका र जमरा लगाएका छन् ।
आश्विन शुक्ल दशमीमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा ग्रहण गरि मनाईएको छ । सरकारले आग्रह अनुसार टीका लगाउने सर्वासधारणले मास्कको प्रयोग गरेको गरेरै दसैं मनाएका छन् ।
घटस्थापनामा राखिएको जमरा नवदुर्गा भवानीको प्रतिक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा टिका र जमरा लगाइन्छ । जमरा सुनौलो हुन्छ, विजयपछि दुर्गाको पूजाअर्चना र शोभा शृंगारका लागि जमरा प्रयोग अनिवार्य गर्न थालियो । यो चाड हाम्रो खेतीपातीसँग जोडिएको र जौ उमार्नु एक कृषि कर्म साथै हिमाल, पहाड, तराई जहाँ पनि सजिलै फलाउन सकिने जौ अर्थात् जमराले हाम्रो भौगालिक विविधतालाई बाँधेको र एकताको सूत्र भएकै कारण विशेष पर्वमा जमरा लगाउने चलन भएको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा डा रामचन्द्र गौतम को भनाई छ ।
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, भगवान् रामको जस्तो शत्रु नाश हुन्, हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनले जमरा र टीका लगाएर आशीर्वाद दिने गर्दछन ।
रातो र सेतो शान्ति र समृद्धिको प्रतीक भएकाले नेवार समुदायमा रातो र कालो मोहनी टीका लगाएर अशीर्वचन दिने परम्परा पनि रहेको छ ।