ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पर्व भन्दा ठूलो कर्म- पर्वले पनि सेवामै तल्लीन अग्रपङ्तिमा खटिनेहरु

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

दसैंले छपक्कै छोपेको छ ।  आफुभान्दा ठूलाबाट आशिस लिन  मानिसहरुलाई भ्याइ नभ्याइ छ । कोरोना महामारीसंग जुद्धै मानिसहरु फुर्खेउली थलो पुगेका छन् । बर्षदिनको भेटघाट र दुख शुख आदानप्रदानमा उनीहहरु तल्लीन छन् । तर केहीका आफन्तहरु भने छोरा छोरी आउने आशामा मुलबाटो तिर आखाँ कुदाउदाँ कुदाउदै हैरान छन् । कोही बोली हाल्यो भने पनि मेरो छोरो आयो,मेरी छोरी आइ भन्ने आमाका आसु भूइमा खस्छन्, सुक्छन् र विलाउछन तर उनीहरु पुग्ने कुरै हुदैन्  ।

यता छोरा छोरीको हालत पनि उस्तै हुन्छ । परिवारको सम्झना , बर्षकै सवै भन्दा ठूलो पर्वमा पनि परिवारबाट एकल्लै बस्नु पर्ने वाध्यता तर काम प्रतिको लगनले तान्छ । पिडालाई शक्तिमा बदलेर उनीहरु मैदानमा उत्रन्छन् ।

एकातिर कोरोना महामारी र अर्को तर्फ दसैं जस्तो पर्वमा घर जान नपाएपनि आफ्नै कर्म थलोलाई पर्व मान्नेर आग्र मोर्चमा खटिने स्वास्थ्य कर्मी,सुरक्षा कर्मी र सञ्चार कर्मीहरु अरात्र काममा खटिरेहका छन् ।   

कोरोना महामारीको उपचारमा खट्टिरहेका स्वास्थ्य कर्मिहरु यो पटक अस्पतालभित्र कै आइसोलेशन र क्वारेन्टिनमा मनाउदैं छन् । त्यो पनि विरामीको सेवा गरेर । उनीहरुलाई दसैं महसुस गर्ने समयम नै पाएका छैनन् ।स्टार अस्पतालमा कार्यरत स्वास्थ्य कर्मि पोलीना पौडेललाई अन्य समय र दसैं उस्तै उस्तै लागेको छ । किनकी विरामीको उपचारमा सहभागि हुदाँ उनीहरुलाई अन्य विषय सोच्ने फुर्सद सम्म मिलेको छैन ।

यता नेपालकै पुरानो अस्पताल विर अस्पतालमा ४१ बर्ष नर्सिङ सेवा गरेकी सुधा वैधको स्वास्थ्य यात्रा करीव ५ दशक पुग्न लाग्यो ।२०३० सालमा नर्सिङ सेवामा प्रवेश गरेदेखिनै उनलाई दसैंकमात्र हैन अन्य पर्वले समेत छुदैन । विरामीको सेवामानै खटिने उनलाई पर्व भन्दा कर्म ठूलो लाग्छ । यसपटक अझ कोरोना संक्रमण बढेका कारण परिवार(विरामी र अस्पताललाई समेत बचाउ लागेको उनको भनाई छ । उनी अहिले स्टार अस्पतालको नर्सिङ डाइरेक्टरको रुपमा कृयासिल छन् ।

यसरी अग्रपङ्तिमा खटिने स्वास्थ्य कर्मिहरुमा उप्यकामा परिवार भएकालाई भन्दा उपत्यका बाहिर घर हुने स्वास्थ्य कर्मिलाई परिवारको संझनाले धेरै सताउने गरेको छ । बर्ष दिनमा एकपटक परिवारसंग भेट हुने उनीहरु यो पटक कहिले घर जाने र परिवारसंग बस्ने भन्ने अन्योलमा छन् । गोर्खा घर भएकि एलिना श्रेष्ठ दसैंमा विदा मिलाएर घर जान्थिन र टिका ग्रहण गर्थिन तर यो पटक उनी घर जान पाइन्न । त्यसैले उनलाई परारको एक दमै संजना आएको उनको भनाई छ ।

एकातिर दसैंको रहर अर्को तर्फ कोरोना कहर, स्वास्थ्य कर्मी पर्व भन्दा विरामीको उपचारमा रमिरहेका छन् । यसरी आफ्नो ज्यानको बाजी राखेर हाम्रो स्वास्थ्यका लागि काम गर्ने स्वास्थ्य कर्मीलाई हाम्रो पनि सलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *