दसैंको शुभकामनामा कोरोनाबाट बच्न सवैको जोड

विजया दशमीको अवसरमा शुभकामना दिदैं राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री, राजनीतिक दलका नेताहरुको कोरोना महामारीसंग जुद्धै जहाको त्यही टिका लागउन आग्रह गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गर्न उनको आग्रह छ ।
उपराष्ट्रपति पुनले जो जहाँ छ त्यही अवस्थामा घरमै बसेर दशैं मनाउने विश्वास व्यक्त गरेका छन् । देशमा कोरोनाको संक्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा संक्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गरेका छन् । औचित्य र आवश्यकताको आधारमा मात्र खर्च गर्न उनको सुझाव छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै दशैंलगायतका चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् । दशैं, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् ।
तेस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् ।
विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।