ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इन्द्रलाई सन्देश पठाउने चङ्गा काठमाडौंको आकाशमा दशककै धेरै

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

काठमाडौंको आकासमा यो दशैंमा अन्य दशैंको तुलनामा रङ्गिविरङ्गि चङ्गाहरु धेरै देखिएका छन् । दशैंको फूलपातिका दिन चोभारबाट कालिमाटीमा रहेको चङ्गा पसलबाट विसाल केसी र उनको समुहले एकै पटक सय भन्दा धेरैवटा चङ्गा किने ।

 अन्य बर्षमा खासै वास्ता नहभएपनि यो बर्ष उनलाई चङ्गा प्रतिको आकर्षण बढ्यो र चोभारको डाडाँमा चङ्गा उडाउने सोख चड्यो तेसैले उनले २५ रुपया पर्ने चङ्गा १०० थान किने चोभार तिर हुइकिए ।

उमेरले ३० टेक्न लागेका केसीले यो दशककै सवै भन्दा धेरै चङ्गाहरु आकासमा देखेको बताउछन् । दैनिक ५७ वटा चङ्गा चेट गर्ने केसीका पनि चङ्गा चेट नभएका कहाँ हो तेसैले उनलाई चङ्गाले अझै तानेको छ । उनी जस्तै अन्य धेरै युवाहरु पनि खुल्ला ठाउँमा चङ्गा उडाउने गर्छन् ।

कोरोना महामारी तथा लकडाउने सवै क्षेत्र अस्तव्यस्त बनेको र विद्यार्थीहरु घरमा नै बसेका कारण दशैभन्दा केही पहिलाबाट नै दशैंको व्यापार बढेको चङ्गा व्यापारी शुन्दरमान मान्धरको भनाई छ । सवैले चङ्गा विर्सेको समयमा कोरोनाका कारण व्यपार फस्टाएपनि कच्च  पदार्थको अभावले भने उनलाई पिरोली रहेको छ । अघिल्लो अघिल्लो बर्षमा सुस्ताएको चङ्गा बजार एकाएक फैलायो तर कच्चा पदार्थ नहुदा माग अनुसरारको चङ्गा पुर्याउन सकिएको छैन । उनको भनाई छ ।

उनीसंग ५ रुपैँया देखि ५० रुपैयाँ चङ्गा छ भने ५०० देखि १००० रुपैंयासम्मका लट्टाइ उनीसंग छन् । नेपाली धार्मिक मान्यता र आस्थासंग जोडिएको चङ्गा परम्परा फेरी पुरानै अवस्थामा फर्कन खोजेको भन्दै उनी हर्सित छन् । उनका अनुसरा किसानहरुले खेतमा धान लगाइसकेको र पानी पर्याप्त भएको भन्दै इन्द्रलाई सन्देश पठाउने किम्वदन्ति रहेको मानन्धरको भनाई छ । चीनबाट सुरु भएपनि नेपालमा चङ्गाको वेग्लै महत्व रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *