ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज महाअष्टमी- विभिन्न शक्ति पिठमा वलीसहित पूजा

आज बढा दशैंको आठौं दिन ,महाष्टमी दुर्गा भवानीको विशेष पूजा-आरधना गरिदैं छ । आठौं शक्ति स्वरुपा दुर्गाको  महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिदै छ ।

शास्त्रसम्मत रुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्ति चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।

‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्विक जल, चन्दन र अक्षताका लगायत षडोशोपचारले गरिने पूजा गरिन्छ ।

आजैका दिन राति कालरात्री पशुबलिको विधि र पूजाराधना सहित मनाइन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन काठमाडौँ उपत्यकाभित्रका दष्दजष्ललब शक्तिपीठ चब दबजष्चबपब गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिर नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवतीपनि बलिसहित पूजाआजा गरिन्छ । पशुबलि नचढाउनेहरुले पूजाकोठामा आ-आफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजा गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *