ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बडा दशैंको फूलपाति- फूलपातिमा हुने अधिकाँम्स कार्यक्रम साङ्केतिकमात्र

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । घटस्थापनाका दिन वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा राखिएको जमरा दशैघरमा भित्याउने दिन ।  उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

 केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवी सहित नव दुर्गाको आह्वान गरी पूजा गरिने गरिन्छ ।

हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म ब्याण्डबाजा र नाचगानसहित फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने छ । तेस्तै नेपाली सेनालेपनि यस बर्ष बढाई साङ्केतिक मात्र गर्ने जनाएको छ । कोरोना भाइसरका कारण अधिकाम्स क्षेत्र प्रभावित हुदैँ आएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *