विज्ञापन रहित प्रसारण ‘क्लिन फिड’ लागु
नेपाली विज्ञापन क्षेत्रमा सुनौलो अवसर
3 - 3Shares

अनिवार्यरुपमा क्लिनफिड लागु गर्न सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले विदेशी च्यानलाइ आग्रह गरेको छ । विज्ञापन नियमन गर्ने ऐन २ हजार ७६ को दफा १ अनुसार नेपालमा प्रशारण हुने विदेशी टेलिभिजनले विज्ञापन रहित अर्थात क्लिन फिड लागु गर्नुपर्ने बिज्ञप्तीमा निर्देशन दिएको मन्त्रालयको भनाई छ ।
नेपालमा विदेशी टेलिभिजन च्यानलहरुले डाउनलिङ्क गरी विदेशी विज्ञापनहरु प्रसारण गरिदैं आएका थिए । एक साता पहिला मन्त्रालले ७ गतेबाट क्लिन फिड लागु गर्ने गरी सूचना प्रकाशन गरेको थियो । मन्त्रालयले पुन सुचना जारी गर्दै क्लिन फिडलागु गर्ने निर्देशन दिएको छ ।

क्लिन फिल्ड लागु नगर्ने विदेशी टेलिभिजन च्यानललाई कानुन वमोजिम कारवाही हुने मन्त्रालयले ८ गते बाट क्लिन फिड लागु भएको नभएको अनुगमन गर्ने र नभए कारवाही गर्ने जनाएको छ । ।
सञ्चार सुचना तथा प्रविधि मन्त्रालय प्रवक्ता गोकर्णमणि दुवाडीले -‘ क्लिनफिल्ड लागु भएसगै विज्ञापन वजार सरकार नियमनभित्र आउने वताएका छन् ।’ उनले क्विलन फिट कार्यान्यनमा आएसँगै विदेशी च्यानलहरुले वजाइरहेको विज्ञापनको सट्टा नेपाली विज्ञापनहरुले स्थान पाउने भन्दै यसले नेपालको विज्ञापन वजारको प्रवर्द्धन हुने , स्वदेशी कलाकारहरुले काम पाउने ,नेपाली सञ्चार माध्यमको आम्दानी वढ्ने र सरकारको राजस्वमा योगदान पुग्ने वताएका छन् ।
नेपालको विज्ञापन वजार तथा सञ्चारजगतका लागी खुसीको कुरा भएको विज्ञको ठम्याइ छ । नेपाली दर्शकले विदेशी च्यानलको कन्टेण्ट लागी मात्रै पैसा तिर्ने गरेकोमा तर त्यसको उपहारमा विदेशी विज्ञापन पनि हेर्नुपर्ने अवस्था थियो अव त्यो अवस्थाको अन्त्य भउको छ । सञ्चार विज्ञ डा. कुन्दन अर्यालले नेपाली वस्तु तथा उत्पादनको प्रवर्द्धन गर्नुका साथै नेपालको कला संस्कृतिमाथी अघात गर्ने खालका विज्ञापनवाट समेत मुक्ती मिलेको भन्दै खुशी व्यक्त गरेका छन् ।