ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चामलको आयात ९७ प्रतिशत र सोयाविन क्रुड तेलको आयात ९६ प्रतिशतले वढ्यो – नेपाल राष्ट्र बैंक

नेपालमा आयात २२ प्रतिशतले घटेको र निर्यात साडे १० प्रतिशतले वढेको केन्द्रिय बैंकको पछल्लो प्रतिवेदनले देखाएको छ । पछिल्लो दुई महिना चामलको आयात ९७ प्रतिशत र सोयाविनको तेल ९६ प्रतिशतले वढेको छ । तरकारी तथा खाद्यान्नको मुल्यवृद्धि १३ प्रतिशतले वढेको छ भने रेमिटान्स ८ दशमलव १ प्रतिशतले वृद्धि भएको केन्द्रिय बैकको प्रतिवदेनमा उल्लेख छ ।

featured

आयातित वस्तु मध्ये सबैभन्दा धेरै पेट्रोलिय पदार्थको आयात ५१ दशमलव ४ प्रतिशतले घट्दै १ अर्व १० करोड ४४ लाख रुपैयाँको मात्रै आयात भएको छ । तर पछिल्लो दुई महिनामा चामलको ९७ प्रतिशतले वढ्दै ७५ करोड २० लाख रुपैयाँ वरावरको आयात भएको छ भने सोयाविन क्रुवड तेलको आयात ९६ दशमलव १ प्रतिशतले वढ्दै ५७ करोड ५७ लाखको भएको छ । त्यस्तै आयात घटेका कारण नेपालको शोधान्तारस्थिति ६७ अर्व ६३ करोडले वचतमा र विदेशी मुद्राको सञ्चिति १२ अर्व २० करोड अमेरिकी डलर रहेको छ ।

चालु आर्थिक वर्ष उपभोक्ता मुल्य सुचाङ्कमा आधारित मुद्रास्फिर्ती ४ दशमलव ५ दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीर्ती ६ दशमलव १ छ प्रतिशतमा सिमित रहेको थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिना दाल ,गेडागुडी र तरकारी लगायतका खाद्यान्नको मुल्यस्फीर्ती १३ प्रतिशतले वढेको छ ।

विप्रेषण आप्रवाह ८ दशमलव १ प्रतिशतले वढको छ । सरकारले भदौ महिनासम्ममा ५३ अर्व ५५ करोड रुपैया खर्च गरेको छ भने १ खर्व ५ अर्व ३७ करोड रुपैयाँ राजस्व परिचालन गरेको छ । त्यस्तै भदौ मसान्तसम्ममा २ सय ७ अर्व ९९ करोड रुपैयाँ केन्द्रिय बैंङ्कसँग नगद मौज्दात रहेको छ ।

केन्द्रिय बैंकको पछल्लो प्रतिवेदननुसार ७ सय ४७ स्थानिय तहमा बैकिङ पहुच पुगेको छ । चालु आर्थिक वर्ष तलव तथा ज्याला सुचाङंक १ दशमलव २ प्रतिशतले वढेको छ भने अघिल्लो वर्ष यस्तो सुचाङ्क १२ दशमलव ९ प्रतिशतले वढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *