ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मंसिर तेस्रो साताबाट त्रिविको परिक्षा- विद्यार्थी भएकै जिल्लाबाट परिक्षामा सहभागि हुन पाउने
कक्षा १२ को परिक्षा मंसिर ९ देखि १६ सम्म

त्रिभुवन विश्वविद्यालयले मंसिर अन्तिम हप्ताबाट परिक्षा सञ्चालन गर्ने तयारी सूरु गरेको छ ।  चैत्र ११ गतेबाट सूरु भएको लकडाउन तथा पटक पटकको निशेधाज्ञाका कारण परिक्षाहरु सञ्चालन हुन सकेका थिएनन् । अन्तिम समयमा परिक्षा स्थगित हुदाँ लाखौं विद्यार्थी मारमा परेका थिए ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले मंसिर तेस्रो हप्ताका लागि परिक्षा सञ्चालनको तयारीमा जुटेको परिक्षा नियन्त्रक पुष्पराज जोशीले ‘दप्रेसनेपाल’लाई जानकारी दिए । विभिन्न जिल्लामा रहेका विद्यार्थीको ट्रेसिङ भइरहेको र केही दिनमानै परिक्षा तालिका सार्वजनीक गर्ने उनको भनाई छ ।

स्नातक,स्नात्तकोतर,एम फिल तथा पिएचडिका विन्न परिक्षाहरु कोरोनाका कारण प्रभावित भउका थिए । त्रिविले पहिलो चरणमा मंसिर तेस्रो साता बार्षिक परिक्षा सञ्चालन गर्ने जनाएको छ भने अर्को चरणमा सेमेष्टर तर्फको परिषा सञ्चालन गर्ने योजना बनाएको छ ।

पहिलो चरणमा एक लाख हाराहारी विद्यार्थी परिक्षामा सामेल हुने र जसका लागि सम्वन्धित विद्यार्थी रहेको जिल्ला सदरमुकाबाट परिक्षा दिन पाउने व्यवस्था गर्न त्रिवि जुटेको छ ।

तेस्तै बैशाखका लागि तय भएर अन्तिम समयमा स्थगित भउको कक्षा १२ को परिक्षाको तालिका राष्ट्रिय परिक्षा वोर्डले सार्वजनिक गरेको छ । ४ लाख ३१ हजार हाराहारी विद्यार्थी सहभागि हुने परिक्षा मंसिर ९ वाट सूरु भएको परिक्षा १६ गते सकिने छ ।

जम्मा ४० प्रतिशतको परिक्षामात्र सञ्चालन गर्ने योजना बनाएको बोर्डले ४० प्रतिशत कक्षा ११ को परिक्षाको मुल्याङ्कन र २० प्रतिशत प्रयोगात्म हुने वोर्डको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *