ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सम्पदा पुन: निर्माण कछुवा गतिमा, दुई बर्षमा निर्माण सक्ने भनिएको रानीपोखरी बल्लतल्ल ५ बर्ष पछि उद्घाटन

२०७२ सालको भूकम्पले भत्काएको रानिपोखरीको पुन: निर्माण दुई बर्षमा सक्ने भन्दै २०७२ साल माघ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीले शिल्यान्यास गरिन्  । यदि तोकिएको मितिमानै पोखरी पुन:निर्माण संपन्न भएको भए यो भन्दा पहिलेका ३ वटा तिहारको भाइटिकामा  बाल गोपालेश्वर मन्दिरमा पुजा तथा मेला लाग्ने थियो । तर संवनोयको अभाव तथा काममा ढिलासुस्ति गर्ने प्रविर्ती हावी हुदाँ बल्ल तल्ल पुन निर्माण सकिए उद्धाटन भएको छ ।

भूकम्पपछि पुनर्निर्माण भएको ऐतिहासिक सम्पदा रानीपोखरी र दरबार हाइस्कुलको बुधबार राष्ट्रपति विद्यादेवि भण्डारि द्धारा उद्घाटन गरिएको छ  । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरेकी छन् तर अन्य सम्पदा पुन: निर्माणको काम भने कछुवाको ताल भन्दा सुस्त गतिमा भइरहेको छ ।

गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर १६ औं शताब्दिमा  प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट शिखर शैलीमा पुननिर्माण गरिएको मन्दिरलाइ आधुनिकता दिन लागिएको भन्दै  चौतर्फी विरोध समेत हुँदैआएको थियो सोहि विवादलाई देखाउदैँ पुन निर्माणको कार्य पटक पटक अवरुध भयो । जस्ले समग्र सम्पदा पुन:निर्माणमा ढिलाई हुन पुग्यो ।

रानी पोखरीसंगै जोडिएको सवै भन्दा परानो दरवार हाइस्कुल भने चिनिया सहयोगमा केही समय पहिला पुन निर्माण गरी चीनले नेपाललाई जिम्मा लगाएको थियो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिलेको आकार झल्किने आधुनिकता प्रयोग बढी गरिएको छ ।

 चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनीले  शुरुको समयदेखि १९ महिनामा सक्नेगरी चीन र नेपालका कामदारले सहयोगमा समयमै सम्पन्न गरेका  भएको हो ।

रानी पोखरी र दरवार हाइस्कुल पुन निर्माण भएपनि धेर्रै सम्पदा पुन निर्माणको भरणमा छन् । देशभरि ९२० वटा सम्पदामा क्षति पुगेकोमा  ५० प्रतिशत पुननिर्माण सम्पन्न हुन अझ बाकीँ छ । काठमाडौंमा उपत्यका भित्र १ सय ७४ वटा सम्पदा पुननिर्माण हुनुपर्नेमा बल्ल  १ सय १० सम्पदाको पुन: निर्माण सकिएको छ । पटक पटक स्थानियसंग विवाद भएका कारण समयमा नै सम्पन्न गर्क कठिन भएको बताउने राष्ट्रिय पुन: निर्माण प्रधिकारणका महानिर्देशक सुशिल ज्ञवाली  स्थानिय निकायबिच सहकार्य गरि  मापदण्ड नबिग्रिने गरि बनाउने हुदाँ अव  समस्या नहुने दावी गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *