ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दशैंमा पनि कोरोना परिक्षण निरन्तर

कोरोना संकरमण भयावह बन्दै गएको भन्दै सरकारले दशैमा पनि देशभरका सम्पूर्ण कोभिड अस्पताल तथा प्रयोगशालाहरु सञ्चालनमा ल्याउने जनाएको छ । दैनिक ३ हजारसम्म कोरोना संक्रमित थपिएको र परिक्षणको दायरा कम्जोर भएको आरोप खेपेको सरकारले दशैंमा भने परिक्षणलाई निरन्तरता दिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आवश्यकताअनुसार दशैमा सबै कोभिड अस्पताल र प्रयोगशालाहरु खुलाउने निर्णय भएको जानकारी दिएका छन् । भयावह बनेको कोरोनाबाट हालसम्म १ लाख ३९ हजार धेरै संक्रमित भएका छन ।

पछिल्लो २४ घण्टामा २० हजार ७ सय ४२ वटा नमुना परीक्षण गरिएकोमा नयाँ संक्रमित संख्या  ५ हजार ७सय ४३ थपिए ।   यो हाल सम्मकै उच्च संक्रमित सङ्ख्या हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *