ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बुधवार ऐतिहासिक रानीपोखरीको उद्धघाटन हुने

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कार्तिक ५ गते दिउँसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम छ । २ माघ २०७२ सालमा राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । तर फेरि रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *