ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिनियाँ सेयर बजार विश्वकै दोस्रो ठूलो बन्यो

चीन अब अमेरिकापछि दोस्रो ठूलो सेयर बजार बनेको छ । अमेरिकाको सेयर बजारको कुल बजार पुँजीकरण ३८ दशमलब ३ लाख करोड डलर रहेको छ । यसपछि तेस्रो स्थानमा जापान र चौथो स्थानमा हङकङको सेयर बजार रहेका छन्

चिनियाँ सेयर बजारको पुँजीकरण अर्थात मार्केट क्यापिटलाइजेसन सन् दुई हजार १५ पछि पहिलोपटक १० लाख करोड डलरभन्दा बढी भएको छ । भने इन्डेक्समा यो वर्ष विश्वका सबै प्रमुख बजारहरुको तुलनामा निकै उछाल आएको छ ।


कोरोना महामारीलाई तीव्र नियन्त्रण गर्नु र बजारको सुस्ततालाई लयमा फर्काउनु आदि कारणले चिनियाँ सेयर बजारमा उछाल आएको विज्ञहरुको बुझाई छ । साउथ चाइना मर्निङ पोस्टको खबर अनुसार गत सोमबार संघाई र सेन्झेन एक्सचेन्जमा सूचीकृत सबै सेयरको कुल बजार पुँजीकरण १० दशमलब शुन्य ४ लाख करोड डलर भएको छ ।


यसअघि सन् दुई हजार १५ को जुनमा केही समयका लागि कुल बजार पुँजीकरण १० दशमलब शुन्य ५ लाख करोड डलर भएको थियो । ३ महिनापछि कुल बजार पुँजीकरण घटेर आधाको हाराहारीमा झरेको थियो ।


चीन अब अमेरिकापछि दोस्रो ठूलो सेयर बजार बनेको छ । अमेरिकाको सेयर बजारको कुल बजार पुँजीकरण ३८ दशमलब ३ लाख करोड डलर रहेको छ । यसपछि तेस्रो स्थानमा जापान र चौथो स्थानमा हङकङको सेयर बजार रहेका छन् । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *