आईसियु, भेन्टिलेटर खरिद गर्न अर्थले स्वस्थ्यलाई निकासा दिदै

कोभिड –१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसियु, एचडियु, भेन्टिलेटर लगायतका उपकरण खरिद गर्ने कार्ययोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने भएको छ । जसको लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार अर्थ मन्त्री विष्णु पौडेल र भानुभक्त ढकालबीच भएको छलफलमा सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माण गरिने अस्पतालहरुको ड्रइगं डिजाइन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने कुरामा छलफल भएको छ साथै सबै पालिकाका अस्पताल भवनको शिलान्यास एकैसाथ ७७ मंसिर १५ गते गरिने भएको छ जसको लागि आवश्य समन्वय स्वस्थ मन्त्रालयले गर्ने भएको छ ।
कोभिड – १९ को रोकथामका लागि नागरिकलाई भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा अगाडि बढाउने भएको छ । साथै अन्य आपतकालिन औषधिको प्रयोगलाइ व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविलम्व प्रकृया अगाडि बढाउने निर्णय समेत भएको छ ।