ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्राहक सचेत नभए खसीबोका बिक्रि नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चेतावनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हरेक बर्ष झै यस बर्ष पनि दशैतिहर लक्षित खसीबोकहरु राजधानी भित्र्याएको छ । बजारलाई अनियन्त्रित हुन नदिन भन्दै कम्पनीले हरेक बर्ष सहुलियत मुल्यमा खासीबोका विक्रि गर्ने गर्दछ । तर विगतका बर्षहरुमा खाद्यले ल्याएका खसीबोकामा ग्राहकहरु छिटफुट मात्रामा हुने गरेपनि यस बर्ष भने विक्रि सुरु गएको दिन नै घुईचोलागेको छ ।

विगतका बर्षहरुमा खसीबोका भन्दा भेडाच्याङग्राको माग बढि हुने गथ्यो तर यस पटक भेडाच्याङग्रा आयात नगरेपछि ग्राहकोले भेडाच्याङग्राको साट्टा खसीबोकाको रोजेको कम्पनीको बुझाई छ । पहिलो दिननै आयात भएका सबै ६ सय ५ खसीबोक विक्रि भएका छन् ।

ग्राहकको भिड लागेपछि भैतिक दुरिको उल्लङ्घन भएको छ । सिमित संख्यामा सुरक्षा कर्मी भएको र ग्राहहरु आफै सचेत नभएकोले भिड बढेको माथिल्लो निकायले यसको समाधान नगरे भोलिबाट विक्रि गर्न नसकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश प्रमुख पवित्र गौतमले बताए ।

बजार मुल्य भन्दा निकै सस्तोमा विक्रि गरेका कारण यस पटक ग्राहकको भिड लागेको उनले बताए । बजारमा ६ सय ५० प्रतिकेजी जिउदोका खसीबोक विक्रि भईरहेको छ भने खाद्यले ५ सय ५० मा विक्रि गरिरहेको छ । जसले गर्दा आयात भएका सबै खसीबोका पहिलो दिननै सकिएका छन् । थप आउने क्रम भने जारी रहेको खाद्यले जनाएको छ ।

ग्राहहरुले पनि खाद्यले ल्याएको खसीबोक गुणस्तरिए भएपनि व्यवास्था पक्ष कम्जोर भएको बताएका छन् ।  दशै नेपालीको प्रमखु चाड भएकोले मासुका विभिन्न परिकारहरु बनाईन्छन । उपत्यकामा मात्रै दशैको महिना रहेक बर्ष एक लाख भन्दा बढि खसीबोक विक्रि हुने गर्छन् ।

यस बर्ष महामारी फैलिएका कारण जनावरको स्वस्थ्यमा पनि विशेष ध्यान दिनु पर्ने भएको छ । सबै चौपायाहरुको स्वथ्य जाँच गर्न पशु सेवा विभागले उपत्यकाका सबै खसीबजारमा प्रविधिक परिचालन गरेको छ । उपभोक्ताले खरिदा गर्दा पनि स्वस्थ हरेर खरीद गर्न आग्रह गरेको छ ।

एक जिल्ला बाट अर्को जिल्लामा पशु चौपाया खरिद विक्रि गर्दा स्वस्थ भएको प्रमाण पत्र पेश गर्नु पर्ने प्रावधान रहेकोले गरिद गर्दा नै स्वस्थ खरिएको भएपनि बाटोमा विरामी हुन सक्ने भन्दै प्रविधिक परिचालन गरिएको उनले बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *