ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गृह मन्त्रालय भन्छ – ‘संकटकाल र कर्फ्युका सूचना गलत’

नेपालमा कोरोना संक्रमण बढिरहेको र सरकारका प्रयासहरु पनि असफल भएको बेला विभिन्न माध्यमबाट संकटकाल र कर्फ्यु लाग्ने सूचनाहरु प्रसारित हुदैँ आएका थिए । तर गृहमन्त्राललये उत्क सवै सूचनाहरु गलत भएको जानकारी गराएको छ ।

गृहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता सूचनाहरु तथ्यहीन, भ्रामक र निराधार रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले यसलाई गम्भीरतापुर्वक लिएको र आवस्यक अनुसन्धान सुरु गरिएको जनाएका छन् ।

एसएमएस तथा विभिन्न सामाजिक सञ्जल मार्फत यसप्रकारका सूचना आउने गरेका कारण दशैँको मुखमा पुन लकडाउने हुनेहो की भन्ने चिन्ता धेरैलाई परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *