ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

आठ महिनादेखि ठप्प पर्यटन क्षेत्रमा आशाको किरण- नेपाल घुम्न २५ले लिए अनुमति, १० जना हिमाल चढ्दै

सेयर गर्नुहोस
  • 437
  •  
  •  
  •  
    437
    Shares

कोरोना संक्रमणका कारण चैत्र ११ गते देखि लगाइएको लकडाउन र विभिन्न समयमा लगाइएको निशेधाज्ञाका कारण पर्यटन उद्योग शून्य प्राय बन्यो । ८ महिना देखि ठप्प रहेको पर्यटन उद्योगमा केही आशाका किरणहरु देखिन थालेका छन् । सरकारले कात्तिक १ देखि अनअराइभल भिसा खोलेसँगै पर्यटक नेपाल आउन सुरु गरेपछि पर्यटन क्षेत्रमा नयाँ आशा सञ्चार भएको हो ।

नेपाल आउने पर्यटकको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपाल आएर सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने र नेपाल आउनुपूर्व आरोहण वा पदयात्राको लागि हो भने एजेन्सीमार्फत अनुमति लिनुपर्ने व्यवस्था सरकारले गरेको थियो सरकारले तोकेको मापदण्ड पालना गरी पदयात्रा गर्ने पर्यटक नेपाल आउन सुरु गरेको पर्यटन वोर्डले जनाएको छ ।

कञ्चनजंघा, एभरेष्ट, लाङटाङ, अन्नपूर्ण सर्किट, मार्दी हिमाल, मनाङ, मुस्ताङ, डोल्पा, हुम्लाका ट्रेकिङ क्षेत्र, मनास्लु, हेलम्बु र रुवीभ्याली क्षेत्र गरी १२ वटा क्षेत्र पदयात्राका लागि खोलेसंगैं नेपालका विभिन्न ६ एजेन्सीमार्फत १५ जना पदयात्रीका लागि नेपाल अनुमति दिइएको छ ।  तेस्तै हिमाल आरवहणका लागि १० जनाले अनुमति पाएका छन् ।

1 thought on “आठ महिनादेखि ठप्प पर्यटन क्षेत्रमा आशाको किरण- नेपाल घुम्न २५ले लिए अनुमति, १० जना हिमाल चढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *